कभर फोटो

भाँचिएको पोल फेरेपछि सदरमुकाममा बल्यो बिजुली

By Dhading News

September 01, 2024

धादिङ, १६ भदौ २०८१ । बिजुलीको पोल भाँचिएका कारण अबरुद्ध हुन पुगेको जिल्ला सदरमुकाम र  सल्यानटार बाट बितरित बिद्युत्त सञ्चालनमा आएको छ ।

नुवाकोटको देविघाटबाट धादिङ जिल्ला सरमुकाम तर्फ ल्याईएको ३३ केभि प्रसारणलाईन जोडिएको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टेमा रहेको पोल आईतबार दिउँसो अचानक भाँचिएपछि सदरमुकाम धादिङबेसी र सल्यानटारको क्षेत्रमा बिद्युत्त लाईन चार घण्टा सम्म अबरुद्ध हुन पुगेको थियो ।

भाँचिएको पोल परिवर्तन गरेर अबरुद्ध बिद्युत्त लाईन नियमित गराईएको नेपाल बिद्युत्त प्राधिकरण धादिङ शाखाले जनाएको छ । दिउँसोको सममया अचानक बिद्युत्त अबरुद्ध हुंदा सदरमुकामका सरकारी कार्यालयका साथै अन्य क्षेत्र समेत प्रभावित भएका थिए ।

प्राधिकरणको प्राविधिक टोली घटनास्थल गई भाँचिएको पोल हटाएर नयाँ पोल जडान गरेपछि बिद्युत्त सञ्चालनमा ल्याएको हो । सदरमुकाम धादिङबेसी ल्याईएको बिद्युत्त लाइन पटक पटक हावाहुरी, बाढी पहिरोको चपेटाका कारण अबरुद्ध हुने गरेको छ ।