कभर फोटो

बेल्खु नजिकै लेदोसहितको पहिरो, सवारी आवागमनमा कठिनाई

By Dhading News

September 02, 2024

धादिङ,१७ भदौ २०८१ । धादिङको गजुरी गाउँपालिका-६ बेल्खु नजिकै पृथ्वीराजमार्गमा लेदोसहितको पहिरो निरन्तर खसेपछि सडकमा सवारी आवागमनमा कठिनाई भएको छ ।

सोमबार बिहान ८ बजे तिर सडकमा लेदो माटोसहितको पहिरो खस्न शुरु गरेपछि यहाँबाट आवातजावत गर्ने सवारीसाधनको आवागमन प्रभावित भएको ‍जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख रविन्द्र कुमार श्रेष्ठले बताए ।

यो ठाउँमा केही दिन यता सुख्खा पहिरो खस्नेक्रम चलिरहेको छ । पटक पटक पहिरो खस्दा सवारी आवागमन रोकिने गरेको छ ।