धादिङ, १९ भदौ बुधबार २०८१ । गणेश हिमालको काखमा रहेको पर्यटकीय आकर्षणको केन्द्र रुबी भ्यालीको प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धनमा सहयोग गर्न निर्मित ‘हाम्रो रुवीभ्याली’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
२०८१ भदौ १८ गते (सेप्टेम्बर ३ तारिख २०२४) का दिन छिमी मम्बा युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतमा छिमी मम्बाको शब्द, डोलराज बाह्रघरे मगरको एरेन्ज र गायिका तारा शिरिष मगरको स्वर रहेको छ ।
देवराज आले मगरको संगीत रहेको भिडियोको छायांकन तथा सम्पादन रोशन फ्युबा तामाङले गरेका छन् । म्युजिक भिडियोमा मोडल रन्जिता तामाङको जिवन्त अभिनय रहेको छ ।
गीतमा रुवीभ्याली गाउँपालिका र यस क्षेत्रको पर्यटकीय क्षेत्रहरु, धार्मिक सांंस्कृतिक महत्व,सामाजिक सद्भाव र समाजको पहिचान दिने शव्दहरु समेटिएका छन् ।
म्युजिक भिडियोको प्रोष्ट प्रोडक्सनमा लप्सङकर्पो म्युजिक सेन्टर रहेको छ ।