कभर फोटो

राष्ट्रिय तथा जिल्लास्तरीय बुद्धिचाल प्रतियोगिता महादेबवेसीमा हुंदै

By Dhading News

September 07, 2024

धादिङ न्यूज महादेबवेसी (धादिङ), २२ भदौ २०८१ । धादिङमा राष्ट्रिय चेस प्रतियोगिता हुने भएको छ । नेपाल बुद्धिचाल महासंघ र धादिङ जिल्ला बुद्धिचाल संघको आयोजना तथा थांक्रे गाउँपालिकाको  सहयोगमा आगामी असोज ५ देखि ७ गते सम्म राष्ट्रिय प्रतियोगिताको आयोजना हुन लागेको हो । प्रतियोगिता थांक्रे गाउँपालिका वडा नम्बर ६ महादेबवेसीमा हुनेछ ।

प्रतियोगितामा पहिलो हुनेले ४० हजार नगद ट्रफी र मेडल पाउनेछन । दोश्रो हुनेले २० हजार, तेश्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार छैटौं र सातौं हुनेले ५/५ हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा ५५ बर्ष माथिका खेलाडीहरु सहभागी हुने छन् ।

यसै गरी सोही समयमा जिल्ला स्तरीय चेस प्रतियोगता पनि आयोजना गरिएको छ । धादिङ जिल्ला बुद्धिचाल संघको आयोजनामा असोज ६ देखि ७ गते सम्म महादेबवेसीमा जिल्ला स्तरीय प्रतियोगिताको आयोजना गरिएको संघका जिल्ला अध्यक्ष विकास कार्कीले वताउनु भयो ।

जिल्ला स्तरीय प्रतियोगितामा पहिलो हुनेले १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले ५ हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

जिल्ला स्तरीय प्रतियोगितामा सबै उमेर समूहका खेलाडी सहभागी हुन पाउने आयोजकले जनाएको छ ।