कभर फोटो

‘सी लिड्स आइकन’ बन्न भोट माग्दै सिद्धलेक उपाध्यक्ष सविता अर्याल

By Dhading News

September 13, 2024

धादिङ,२८ भदौ २०८१ । ‘सी लिड्स आइकन’को प्रतिस्पर्धीमा छनोट हुनु भएकी धादिङको सिद्धलेक गाउँपालिका उपाध्यक्ष सविता अर्यालले आईकन जित्नका लागि आंफूलाई भोट गरिदिन सार्वजनिक आग्रह गर्नु भएको छ ।

देशभरका महिला जनप्रतिनिधिहरु मध्येबाट १४०जनाले आईकन बन्न आवेदन दिएकोमा अर्याल सहित २७ जना महिला जनप्रतिनिधि प्रतिस्पर्धाका लागि छनौटमा परेका छन् ।

प्रतिस्पर्धामा रहेका २७ जनाबाट अन्तिममा ३ जना छनौट भई यस बर्षको सि लिड्स आईकन घोषणा हुनेछन् । सर्वाेत्कृष्ठ ३ जनामा पर्न लागि पव्लिक मत आवश्यक पर्ने भएकाले सिद्धलेकको उपाध्यक्ष अर्यालले आंफुलाई मत दिन सार्वजनिक आग्रह गर्नु भएको हो । धादिङ जिल्लाबाट प्रतिस्पर्धामा भाग लिने अर्याल एक मत्रै हुनुहुन्छ ।

छनोट गरिएका २७ जना महिला जनप्रतिनिधिहरु मध्येबाट ३ जनालाई  भोटको आधारमा पुरस्कृत गर्ने संस्थाले जनाएको छ। त्यसका लागि esewa र SMS मार्फत् भोटिङ खुल्ला गरिएको छ।भदौ २६ गते बुधबार बाट शुरु भएको भोट दिने अवधि असोज १५ गते मंगलबार सम्म रहने आयोजकले जनाएको छ ।

`SHE LEADS ICON´ कल्प इम्पावार वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गतको कार्यक्रम हो।नेपालका स्थानीय तहका निर्वाचित महिला जनप्रतिनिधि मध्ये महिला स्वास्थ्य , महिला उद्यमशीलता,नीति र न्याय सशक्तिकरण र जवाफदेहिताका क्षेत्रका प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने ३ जना महिला जनप्रतिनिधि लाई सम्मान गर्ने र उनीहरूका सु कर्मको सञ्चार गर्ने कार्यक्रम भएको संस्थाले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।

भोट कसरी दिने भन्नेबारेमा सविता अर्यालकै आवाजमा सुन्नुहोस