केशव अधिकारी
आरुघाट, १ असोज २०८१ । धादिङ र गोर्खाको सिमानामा पर्ने पुरानो ब्यापारिक केन्द्र आरुघाट बजार अहिले खण्डहर जस्तै बन्न पुगेको छ ।
आरुघाट कुनै बेला धादिङ र गोर्खा जिल्लाको मात्रै होइन पश्चिम नेपालकै नाम चलेको बजारका रुपमा रहेको थियो । केही बर्ष यता आरुघाट वजार सुनसान बन्दै गएको छ । वजारका वासिन्दा विस्तारै अन्यत्र बसाई सर्ने क्रम बढ्दै गएको छ ।
एकिकृत नेपाल हुनु पूर्व बाइसे, चौबिसे राज्य सञ्चालन ताकादेखि पश्चिम र पूर्वि राज्यसंग जोड्ने मुख्यमार्ग आरुघाट बजार रहेको थियो । एक हजार दुई सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी आयोजनको कारण इतिहास बोकेको आरुघाट बजारको अस्तित्व हराउने अबस्थामा पुगेको हो । यो बजार हाल गोरखा जिल्लाको आरुघाट गाँउपालिका वडा नं. ९ र धादिङ जिल्ला त्रिपुरासुन्दरी गाँउपालिका वडा नं. २ मा पर्छ । अरुघाट बजारको वीच भागबाट बूढीगण्डकी बगेको छ । पश्चिम भाग गोरखा र पूर्वि भाग धादिङ हो ।
बूढीगण्डकी नदी आवजावत गर्न आरुघाटमा बनाइएको झोलुङ्गे पुल नै नेपालको पहिलो झोलुङ्गे पुल हुन सक्ने अनुमान गरिएको छ । अहिले पुल प्रयोग गर्न मिल्ने अवस्थामा छैन । तरपनि स्थानयिले संरक्षण गरेर राखेकाछन । त्यो पुरानो पुलकै उत्तरपट्टि अर्को झोलुङ्गे पुल निमार्ण गरिएको पनि धेरै वर्ष भइसक्यो । तीन सय २८ वर्ष भन्दा पुरानो ईतिहास बोकेको धादिङ र गोर्खाको सिमानामा पर्ने आरुघाट केही वर्ष अघिसम्म ब्यपारीक केन्द्रका रुपमा प्रख्यात थियो । त्यहि बजार अहिले खण्डहरमा परिणत मात्र भएको छैन ऐतिहासिक बजारको अस्तित्व मेटिदै छ ।
आरुघाट बजार खण्डहरमा परिणत हुदै गर्दाको मुख्य कारण सरकारले पूर्व तयारी विना बूढीगण्डकी आयोजनाको नाममा मुअब्जा वितरण गर्नु मुख्य कारण भाएको आरुघाट बजार विशालनगर धादिङका व्यावसायिक एंव जिल्ला समन्वय समिति धादिङका पूर्व सदस्य कमल नारायण श्रेष्ठ बताँउछन् ।
अरु कारणहरु मुलुक संघीय संरचनामा गएसगै बजार केन्द्र नयाँ बने , मोटरबाटो गाँउसम्म पुगे, धादिङवेसी देखि सल्यानटारसम्मको सडक कालोपत्रे भयो । कुनै सयमा माल सामान किन्न आउने ग्राहाकहरुलाई दिएर भ्याउन मुस्किल हुन्थ्यो । खाना खान समेत भ्याइन्न थियो । अहिले सुनसान बन्दै गएको श्रेष्ठले बताए । आफ्नो जग्गा बूढीगण्डकी आयोजनाको नाममा दिएर सरकारबाट मुअब्जा बुझेपछि मानिसहरुले अन्यत्र घर जग्गा किनेर बस्न थाले । लगानी गर्न जागर लगाएनन् । बैक वित्तिय संस्थाहरुले पनि लगानी दिएनन् । अस्थायी बसोवास भएका कारण निर्माणका कामहरु ठप्प भए आर्थिक गतिविधि क्रमश घट्दै गए । करिव सात सय परिवारको एउटा टोल आफैमा घनावस्ती हो । त्यसमा हजारौ ग्राहकले किनमेल गर्ने, स्वास्थ्य सेवा र धादिङको साविकका सात गाविस र गोरखकाका करिव १५ गाविसको आर्थिक गतिविधिको मुख्य केन्द्र सुनसान हुदाँ साह्रै खिन्न हुन्छ श्रेष्ठले बताए ।
जलासययुक्त बूढीगण्डकी छ हजार बढी परिवारलाई विस्थापित गरेर बन्न लागेको योजना हो । राष्ट्रका लागि आवश्यक पनि हो । तर पूर्व तयारी विना हचुवाको भरमा मुअब्जा वितरण गरेर सरकारले मानिसहरुलाई अलपत्र पारेकोमा सरकारप्रति गुनासो रहेको उद्योग वाणिज्य संघ आरुघाट इकाई टिका नारायण श्रेष्ठले बताए । सरकारले चाहेको भए आरुघाटको अस्तित्व बचाउन सक्थ्यो । गोरखा पट्टि करिव सात सय र धादिट्ट करिव पाँच सय व्यवसायिहरु थिए । यी व्यवसायिलाई नयाँ आरुघाट निर्माण गर्न पथ्यो । धादिङपट्टिको लागि सल्यानटार नै उपयुक्त थियो । गोरखाका लागि आरुघाटारमा जग्गा प्रशस्त छ । आरुटारको जग्गा रोक्का गरेको छ । जग्गाधनीलाई मुअब्जा दिएको पनि छैन । फुक्का गरिदिएको पनि छैन । अहिले गोरखापट्टिको आरुघाट गाँउपालिका कार्यालय, भिमोदय मा वि र भिमोदय सामुदायिक क्याम्पस भएका कारण सामान्य अवस्थामा जिनतिन चलेको अध्यक्ष श्रेष्ठले बताए ।
बजार क्षेत्र डुवानमा पर्ने भएपछि मुअब्जा लिएको पैसाले मानिसहरुले अन्यत्र स्थायी बसोवाको व्यवस्था गरेकाछन् । पहिले यहि घर जग्गा व्यवासया भएकाले धितो राखेर लगानी गर्न सकिन्त्थो । अहिले यसै त आर्थिक मन्दीले जीविकोर्पाजन असामान्य अवस्थामा चलाउनु पर्ने अवस्था आएको वेला कसरी लगानी थपेर व्यवसाय गर्न सकिन्छ । हाम्रो माग सरकारसंग तीनवटा छ । पहिलो माग आयोजना निर्माण शुरु गर्नु प¥यो । दोश्रो माग आरुघाटवासीलाई स्थानीय स्थानमै नयाँ आरुघाट निर्माण गरेरर घडेरी दिनु प¥यो । तेश्रो माग आयोजना निर्माण नगर्ने भए निर्शत मुअब्जा बुझेकालाई जग्गा फिर्ता गरिदिनु प¥यो । पहिले ग्राहकले पालो कुनु पर्ने आरुघाटमा अहिले व्यापारीले ग्राहक कुर्न परेको छ । यहाँका व्यावसायीहरु घरजग्गाको मुअब्ज बुझेर अन्यत्र बसावासको व्यवस्था मिलाईसकेकाछन् । बजारका सबै जसो घर खाली भई सक्यो,सबैको घरमा ताल्चा लगाएको मात्रै देखिन्छ । २०७२ सालको भुकम्प पछी पुराना घरहरु भत्कियो । नयाँ घर आरुघाट बजारमा बनाउन तत्काल रोकियो । त्यसपछि आरुघाट छाड्ने स्थानीयको संख्या झनै बड्दै गयो ,अहिले त बजार झनै सुनासान बन्यो स्थानीको दुःखेसो छ ।
सरकारले न त आयोजनाको काम सुरु गर्यो न त कुनै अन्य विकासका काममा सो क्षेत्रमा लगानी गर्यो, जस्को परिणामस्वरुप बजार बिस्तारै रित्तिंदै गएको हो । २०७२ सालको भुकम्प पछि पुराना घरहरु भत्किए र आरुघाट छाड्ने स्थानीयको संख्या झनै बढ्दै गयो ।
दश वर्ष अघिसम्म चार सय घरधुरी भएको यो ब्यस्त आरुघाट बजारमा अहिले दुई सय घरधुरीमा पनि मानिसहरुको बसोवास भएको भेटिन्न ।