कभर फोटो

ज्वालामुखीमा एक लाख ६० हजार पुरस्कार राशीको अनकन्या कप २०८१ फुटबल प्रतियोगिता हुने

By Dhading News

September 18, 2024

धादिङ, २ असोज २०८१ ।विजयादशमी तथा दिपावलीको अवसर पारेर धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ स्थित धारापानी खेल मैदानमा असोज २८ गते देखि कार्तिक १ गते सम्म ११ औं अनकन्या कप २०८१ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

लगनशिल युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ६० हजार, द्वितिय पुरस्कार ७५ हजार रहेको छ भने उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट डिफेन्डरलाई ४ हजार, उत्कृष्ट गोलरक्षकलाई ४ हजार उदयीमान खेलाडीलाई ४ हजार र सर्वाधिक गोलकर्तालाई ४ हजार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक समूहले ९९९९ हजार तिरेर असोज १५ गते देखि २४ गते सम्ममा टिम दर्ता गर्न सक्ने वताईएको छ ।

प्रतियोगिता समापनको दिन बासको लिङ्गाबाट भाले झिक्ने खेल सहितविविध साँस्कृतिक कार्यक्रमको बेजोड प्रस्तुती हुने जनाईएको छ ।