हाम्रो पालिका

चुनाव शान्तिपूर्ण वनाउन प्रहरीले कुनै कसर वांकी नराख्ने–प्रहरी नायव महानिरिक्षक बिज्ञानराज शर्मा

By Dhadingnews.com

September 23, 2013

धादिङ,७ असोज/ आगामी संविधान सभा निर्वाचनलाई निष्पक्ष, धांधलीरहित र शान्तिपूर्ण ढंगवाट सम्पन्न गर्न नेपाल प्रहरीले कुनै कसर वांकी नराख्ने नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक बिज्ञानराज शर्माले वताएका छन ।  जिल्ला प्रहरी कार्यालय धादिङद्धारा सोमवार धादिङबेसीमा आयोजित समसामयिक शान्ति सुरक्षा र आसन्न संविधान सभा निर्वाचन सम्वन्धि अन्तरक्रिया कार्यक्रममा वोल्दै क्षेत्रीय प्रहरी कार्यालय हेटौडाका प्रमुख समेत रहेका प्रहरी नायव महानिरिक्षक शर्माले चुनावमा अशान्ति उत्पन्न गराउने जो कोही लाई नछाडिने प्रतिवद्धता जनाएका हुन । दशै तिहार र संविधान सभाको निर्वाचन एकै साथ आउन लागेकाले आम नागरिकको जिउधनको सुरक्षालाई ख्यालमा राखेर दशै तिहार र संविधान सभाको निर्वाचन एकै साथ आउन लागेकाले आम नागरिकको जिउधनको सुरक्षालाई ख्यालमा राखेर आफ्नो दैनिक कार्यहरु अझै सक्रिय वनाउन शर्माले जिल्लाका प्रहरी प्रशासनलाई निर्देशन दिएका छन । साथै राजनैतिक दलहरुले वोलिमा मात्र होइनज व्यवहारमा पनि निर्वाचनलाई शान्तिपूर्ण वनाउन साथ दिनुपर्ने शर्माको आग्रह थियो । निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न सबैले शान्तिपूर्ण कसरत गर्न सक्ने तर गैरबाटो अपनाए प्रहरी मुकदर्शक भएर नबस्ने शर्माको चेतावनी थियो । कार्यक्रममा वोल्दै नेपाल प्रहरीका वागमती अचल प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक रमेश खरेलले प्रहरी कसैको पक्षमा होइन सबैको हितमा उभिने वताएका छन । यदि कुनै प्रहरीले आफ्नो जिम्मेवारी र मर्यादा भुलेमा त्यस्ता प्रहरीलाई पनि तत्काल कारवाही गरिने खरेलले चेतावनी दिएका छन । कार्यक्रममा जिल्लाको शान्ति सुरक्षाको अवस्था निर्वाचनलाई लक्षित गरेर वनाईएका सुरक्षा योजना लगायतका बिषयमा धादिङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेल, प्रहरी नायव उपरिक्षक अशोक सिंहले जानकारी गराएका थिए । यसैगरी जिल्लामा कृयाशिल राजनैतिक दलका प्रमुख एवम प्रतिनिधिहरुले निर्वाचनका लागि प्रहरी प्रशासनवाट गरिनुपर्ने तयारी, जिल्लामा हुन सक्ने अप्रिय कार्यहरुका वारेमा छलफल गरेका थिए । अन्तरक्रिया कार्यक्रममा जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख,नागरिक समाज, महिला अधिकारकर्मीहरुका साथै संचारकर्मिहरुको पनि सहभागिता रहेको थियो ।