धादिङ ,१२ असोज २०८१ ।धादिङबेसी मलेखु सडक (कालुपाण्डे मार्ग) अन्तरगत नीलकण्ठ नगरपालिका वडा नम्बर ८ दारेगौडा र साघुटारमा पहिरो खसेर सडक अबरुद्ध हुन पुगेको छ ।
अविरल बर्षाको कारण शनिवार बिहान ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि सडक मा सवारी आवागमन रोकिन पुगेको हो ।
पहिरोले ढुंगा र रुखहरु खसेकोले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।
पहिरो खसेको दुबै ठाउँमा साँघुरो र घुम्ती भएकोले जोखिम अत्याधिक छ।
जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसंग जोड्ने धादिङबेसी मलेखु सडक(कालुपाण्डे मार्ग) अवरुद्ध हुँदा सदरमुकामबाट काठमाण्डौं, नारायणगढ, पोखरा लगायत अन्य स्थान तर्फ छुटेका र विभिन्न स्थानबाट सदरमुकाम आएका सवारीसाधन बाटोमै रोकिएका छन् ।