कभर फोटो

गोरखामा मोटरसाइकल दुर्घटना हुँदा धादिङ सल्यानटारका निशान गिरीको मृत्यु

By Dhading News

October 15, 2024

गोरखा २९ असोज २०८१ ।  गोरखामा मोटरसाइकल दुर्घटना हुँदा धादिङका एक युवकको ज्यान गएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटारका २० बर्षीय निशान गिरी रहेका छन् ।

निशान मोटरसाइकल पछाडि सवार थिए । उनको आरुघाट आधारभूत स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकले जानकारी दिए ।

एपसी पाठकका अनुसार आइतबार राति करिब ८ बजे गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ३ सिमलफेदमा बा ३६प १५६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । मोटरसाइकल सडकदेखि करिब १० मिटर तल खसेको थियो ।

सो दुर्घटनामा मोटरसाइकल चालक २० बर्षीय रुपेश गिरी गम्भीर घाइते भएका छन् । उनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी पाठकले जानकारी दिए ।