राष्ट्रिय समाचार

आजको मन्त्रिपरिषदले गरेका निर्णयहरु यस्ता छन्

By Dhadingnews.com

September 26, 2013

काठमाडौ/ असोज विहीबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल आयल निगमलाई २ अर्ब ऋण उपलब्ध गराउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि कर्मचारी सञ्चयकोषको रु एक अर्ब र नागरिक लगानी कोषको रु एक अर्ब गरी कुल रु दुई अर्ब ऋण नेपाल आयल निगमलाई उपलब्ध गराउने सम्बन्धमा सरकारले जमानत दिने निर्णय गरेको हो।