कभर फोटो

नेकपा (एमाले)को सचिवालय बैठक आज साँझ ५ बजे

By Dhading News

October 20, 2024

काठमाडौं ४ कात्तिक २०८१ ।   सत्तारुढ दल नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।

बैठक आज साँझ ५ बजे बस्नेगरी बोलाइएको एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

बैठकमा व्यवसायी मीनबहादुर गुरूङले दान गरेको भनिएको जग्गामा पार्टी कार्यालय बनाउन लागेपछि एमाले विवादमा छ । यसबारे पार्टीका नेताहरूको फरकफरक अभिव्यक्ति आएपछि समान धारणा बनाउन छलफल गर्न लागिएको र पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल हुने बताइएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।