कभर फोटो

धादिङ समाज जापानको शुभकामना कार्यक्रम सम्पन्न

By Dhading News

October 28, 2024

जापान,२०८१ कात्तिक १२ ।  जापानमा रहेका धादिङेलीहरुको संस्था धादिङ समाज जापानले आईतबार टोकियोमा दशैँतिहार तथा छट पर्वको शुभकामना सहित एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

टोकियोस्थित नेपाली समुदायको बाक्लो चहलपहल हुने सहर सिनओकुबोको सोलमारी रेस्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष श्यामहरि तिम्सिनाको अध्यक्षता तथा नेपाली दुतावासका उपयोनियोग प्रमुख हरिहर कान्त पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ,गैरआवासीय नेपाली संघ सहित जापानमा क्रियाशिल अन्य विभिन्न संघ/संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

जापानमा नेपालीहरुको बढ्दो जनसंख्या र संघ/संस्थाहरुको भूमिका विषयमा भएको अन्तर्क्रियामा सहभागी अतिथिहरुले आ-आफ्नो विचार र समाधानका उपायहरु प्रस्तुत गरेका थिए।

अन्तरक्रियाका लागि धादिङ समाज जापानका सल्लाहकार एवं नेपाल पत्रकार महासंघ जापान शाखाका सचिव राजन गौतमद्वारा विषय प्रवेश गराईएको थियो। एनआरएनए जापान कान्तो संयोजक सागर कार्की, एनआरएनए जापानका निवर्तमान अध्यक्ष शिव प्रसाद पौडेल,जनप्रगतिशील मञ्च जापानका महासचिव दावा शेर्पा,राप्ती समाज जापानका अध्यक्ष पञ्चवीर चौधरी,चितवन समाज जापानका निवर्तमान अध्यक्ष राजन श्रेष्ठ,एनआरएनए जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ,नेपाली व्यवसायी संघ जापानका उपाध्यक्ष शिवहरि पौडेल,नेपाल पत्रकार महासंघ जापानका निवर्तमान अध्यक्ष मोहन घले,पत्रकार महासंघका वर्तमान अध्यक्ष शान्तकुमार पहरी,धादिङ् समाज जापान अन्तर्राष्ट्रियका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ तथा एनआरएनए जापानका अध्यक्ष नविन निउरेले आ-आफ्नो तर्क र सुझावहरु राखेका थिए।

कार्यक्रमका वक्ताहरुले,हाल जापानका नेपाली समुदायमा देखिएका – शिक्षा,स्वास्थ्य,रोजगार लगायतका विविध समस्याहरुबारे अन्तरक्रिया गरेका थिए। जापानका नेपाली समुदायमा हाल देखिएका समस्याहरु समाधानका लागि जापानमा क्रियाशिल संघ/संस्थाहरुविच सहकार्य र समन्वय जरुरी रहेको र त्यसका लागि एनआरएनए जापानले नेतृत्वदायी भूमिका खेल्न सके सहज हुने निष्कर्ष निकालिएको थियो।

कार्यक्रम संस्थाका महासचिव विजय सडौलाले संचालन गरेका थिए भने सहकोषाध्यक्ष दिपक विष्टले स्वागत मन्तव्य राखेका थिए ।संस्थाका उपाध्यक्ष सुजाता दुवाडी,बिष्णु कुमार श्रेष्ठ,विमल श्रेष्ठ,सचिव सुशान्त बानियाँ तथा सदस्यहरु इश्वरी अर्याल एवं गणेश बहादुर अधिकारी लगायतले  कार्यक्रम सम्पन्न गर्न सहयोग गरेका थिए।

कार्यक्रमले जापानका नेपाली समुदायमा देखिएका समस्याहरुको पहिचान गर्दै ति समस्या समाधानमा सबैको सहकार्य र सहयोगको आवश्यक रहेको निचोड निकालेको थियो ।

१.भाषागत समस्याका कारण रोजगारी उपलब्धतामा कमी. २.नेपालबाट आउँदा कन्सल्टेन्सीहरुले देखाएको ठूला सपनाहरु र यथार्थबिच तालमेल नमिल्दा मानसिक समस्या बढ्दो। ३.काम र कमाई मात्रै प्राथमिकतामा पर्दा समग्र स्वास्थ्य समस्यामा विकराल बन्दै । ४.नेपालीले नेपालीहरुमाथि नै ठगि तथा श्रम शोषणका घट्नाहरु न्युनिकरण हुननसक्नु । ५.स्वास्थ्य तथा सामाजिक सुरक्षा बिमाबारे ज्ञानको अभाव हुँदा स्वास्थ्य उपाचार तथा अन्य सेवासुविधाहरुमा न्युन पहुँच । ६.घरेलु हिंसा तथा विद्यार्थीहरुमा अनइच्छिच गर्भधारण जस्ता समस्याहरु बढ्दो । ७.भोकेश्नल कलेज तथा विश्वविद्यालय छनौट र भर्नामा पर्याप्त जानकारीको अभाव आदि ।

संघसंस्थाहरुले के गर्ने त ? -जापान आउँदा भाषागत र पेशागत ज्ञान लिएर आउने वातावरण निर्माण गर्न पहल गराउने । जापानमा आउने बित्तिकै लाखौँ कमाउने झुटा सपनाहरु देखाउने कन्सल्टेन्सीहरुलाई सत्य/तथ्य जानकारी प्रदान गरि,जापानको वस्तुस्थिति जानकारी गराएर जापान पठाउने वातावरण सिर्जना गर्न पहल गर्ने । -जापानमा रोजगारी खोज्नका लागि सहजीकरण गर्ने खालका कार्यक्रम आयोजना गरौँ । -जापानमा आईसकेपछि,कम्तीमा कोकुमिन होकेन(हेल्थ इन्स्योरेन्स गर्न )सचेत गराउँने तथा अन्य,स्वास्थ्य/तथा जिवन विमाहरु गराउन आवश्यक जानकारी प्रवाह गर्ने । -कम्पनी संचालकहरुले स्याकाई होकेन(सामजिक सुरक्षा विमा )गराउने । -जापानमा सुरु/सुरुमा गाह्रो हुनेछ तर यहाँ अथाह सम्भावना छ,ति सम्भावना र उपलब्धीहरुलाई विभिन्न कार्यक्रमहरु मार्फत उजागर गर्ने । -संघ/संस्थाहरु विचको सहकार्य र समन्वय बढाउनुपर्यो। -समाचार माध्यमहरुमा आत्महत्या तथा मानसिक समस्याहरुका सन्दर्भमा घटनाहरु मात्रै प्रस्तुत गर्नुभन्दा समाधानका उपायहरु सहितका सामग्रीहरु प्रकाश गर्ने आदि ।