कभर फोटो

ज्वालामुखी वडा नम्बर ६ पहिलाे नमूना सफा तथा स्वच्छ वडा घाेषणा

By Dhading News

October 28, 2024

धादिङ,२०८१ कात्तिक १२ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ लाई पहिलाे नमूना सफा तथा स्वच्छ वडा घाेषणा गरिएको छ ।

नेपाल सरकार कृषि तथा पशुपन्छि मन्त्री  रामनाथ अधिकारीकाे प्रमुख आतिथ्यता आईतबार ज्वालामुखी वडा न ६ लाई भव्य कार्यक्रमका बिच नमूना सफा तथा स्वच्छ वडा घाेषणा गरिएको हो ।

ज्वालामुखी गाउँपालिकाको सहयोगमा  ६ नम्बर वडा कार्यालयकाे आयोजनामा ज्वालामुखी ग्रामीण खानेपानी सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्ड र सामदायिक रुपान्तरण समाज नेपालको सहकार्यमा पहिलाे नमूना सफा तथा स्वच्छ वडा घाेषणा कार्यक्रम सम्पन्न भएको हो ।

घाेषणा कार्यक्रम वडा अध्यक्ष  किशाेर सेढाइको अध्यक्षतामा भएको थियो भने कायक्रममा, वागमती प्रदेश सदस्य माननीय गोविन्द लम्साल ज्वालामुखी गाउँपालिका अध्यक्ष  यामनाथ दनै ,उपाध्यक्ष  धर्म  अर्याल , निवर्तमान अध्यक्ष  विनाेदराज तिमल्सिना लगायतकाे विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख एवम  प्रतिनिधि, जनप्रतिनिधिहरु, टाेल विकास संस्था,सामाजिक संघ संस्थाका प्रतिनिधि, आमा समूह, स्वास्थ्यकर्मीका साथै समुदायको उपस्थिति रहेको थियो ।

वडाका १५ वटा टाेल मध्ये २०७६ माघ २९ गते ५ वटा टाेलका ३०७ घरधुरी धादिङ जिल्लामा नै पहिलो नमुना सफा तथा स्वच्छ टाेल घाेषणा भएको थियाे , दाेस्राे पटक २०७९ पौष १३ गतेका दिन २ वटा टाेलका १७५ घर र अन्तमा २०८१ कात्तिक ११ गतेका ८ वटा टाेलका ४७५ घर गरि सिङ्गाे वडाका ९५७ घरधुरी लाई  नमूना सफा तथा स्वच्छ टाेल घाेषणा गरिएको हाे ।