राजनीति

संविधान सभा निर्वाचनमा युवाहरुलाई सहि काममा लगाईनुपर्ने

By Dhadingnews.com

September 27, 2013

धादिङ,११ असोज । आसन्न संविधान सभाको निर्वाचनलाई शान्तिपूर्ण,भयररहित र निष्पक्ष ढंगवाट सम्पन्न गर्न युवाहरुले शशक्त भुमिका निर्वाह गर्नुपर्ने सरोकारवालाहरुले वताएका छन । गैर सरकारी संस्था महासंघ जिल्ला शाखा धादिङको संयोजनमा फोकस नेपालले शुक्रवार धादिङबेसीमा आयोजना गरेको संविधान सभा निर्वाचनमा युवा बिद्यार्थीहरुको भुमिका बिषयक अन्तरसंवाद कार्यक्रममा वोल्दै विभिन्न दल निकटका युवा बिद्यार्थीहरुले आफ्नो धारणा राखेका हुन ।

कार्यक्रममा वाईसिएल नेपाल, अखिल क्रान्तिकारी, नेपाल तरुण दल, नेविसंघ,युवा संघ नेपाल, अनेरास्ववियु,राष्ट्रिय युवा जनस्वयंसेवक, अखिल –क्रान्तिकारी, अखिल नेपाल युवा संघ ( एकीकृत),युवा किसान संघ,राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका प्रतिनिधिहरुले आफ्नो धारणा राखेका थिए । युवाहरुलाई भोट बैकको रुपमा मात्र प्रयोग नगरी सामाजिक परिवर्तन, रोजगारी, अवसर जस्ता क्षेत्रमा पनि दलहरुले समावेश गराउंदै लैजानुपर्ने उनिहरुको माग थियो । आईएफए जर्मनको सहयोगमा फोकस नेपाल धादिङद्धारा संचालन हुंदै आईरहेको सदभाव परियोजना अन्र्तगत आसन्न संविधानमा युवा बिद्यार्थीहरुको भुमिकाका बिषयमा छलफल गराईएको फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीले कार्यक्रममा वताउनु भयो ।

निर्वाचन विथोल्न होइन सम्मपन्न गर्न युवा शक्तिलाई परिचालन गराउनुपर्नेमा अन्य सहभागीहरुले जोड दिएका थिए । गैसस महासंघ धादिङका अध्यक्ष दामोदर अर्यालको अध्यक्षतामा भएको अन्तरसंवाद कार्यक्रममा जिल्लामा क्रियाशिल युवा बिद्यार्थीका प्रमुख एवम प्रतिनिधिहरुका साथै संचारकर्मीहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रमको रेडियो धादिङ१०६ मेघाहर्जले ले प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।