कभर फोटो

रणकालिका मन्दिरमा कात्तिक २९ गते बृहत मेला तथा सांस्कृतिक कार्यक्रम हुने

By Dhading News

November 13, 2024

गल्छी,धादिङ, २८ कात्तिक २०८१ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ मा रहेको  धार्मिक र एतिहासिक महत्व बोेकेको किरान्चोक रणकालिका मन्दिरमा कात्तिक २९ गते बृहत मेला तथा भजन कृतन, सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

धार्मिक,साँस्कृतिक,ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको रणकालिका मन्दिर किराँत कालमा स्थापना भएको विश्वास गरिन्छ । रणकालिका मन्दिरमा भाकल गरेमा आंफुले सोचेको मागेको पुरा हुने जनविश्वास रहि आएको छ ।

केही बर्ष अघि सम्म रणकालिका मन्दिरमा पुग्न पृथ्वीराजमार्गबाट पैदलै यात्रा गर्नु पर्दथ्यो । अहिले मन्दिर सम्मै मोटर पुग्ने गर्दछ । थुम्कामा रहेको पुरानो मन्दिर २०७२ को भुकम्प पछि पुर्ननिर्माण गरी थप व्यवस्थित र सुविधा सम्पन्न वनाईएको छ । धादिङ जिल्लाका विभिन्न भागका साथै चितवन, गोरखा, तनहुं,कास्की, मकवानपुर, नवलपरासी,नुवाकोट काठमाण्डौं, ललितपुर र देशका अन्य जिल्लाबाट पनि यो मन्दिरमा भाकल पु्रा गर्न दिनहुं भक्तजन आउने गर्दछन ।

यो मन्दिरमा वर्षको ६ ओटा तिथिमा मेला लाग्दछ । बाला चतुर्ददशी (बैकुण्ठ चदुर्दशी) दशैको समयमा भव्य पूजा हुने गरेको छ । पृथ्वीराजमार्गको मासटारबाट ६ किलोमिटर र सुत्केरीढुंगाबाट १० किलोमिटर दक्षिणतर्फ रहेको मन्दीर डाडाँमा रहेको पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिएको छ । बिशेष तिथि र पर्वमा मात्रै होइन मन्दिरमा पुजा गर्न टाढा टाढा देखि दिनहुं मानिसहरु आउने गर्दछन ।