कभर फोटो

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

By Dhading News

November 17, 2024

काठमाडौं २०८१ मंसिर २ गते। पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।

फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो निधन भएको उनका भान्जा सुरज भट्टराईले जानकारी दिएका छन् । ढुंगानाको कलेजो सम्बन्धी समस्याको उपचार भैरहेको थियो ।

वरिष्ठ अधिवक्तासमेत रहेका कांग्रेसका नेता ढुंगाना उनी ८३  वर्षका थिए।  लामो समयसम्म राजनीतिमा सक्रिय ढुंगानाको योगदान र व्यक्तित्वले नेपाली राजनीति र संसदीय व्यवस्थामा महत्त्वपूर्ण स्थान बनाएको थियो। ढुंगाना २०४८ सालदेखि २०५१ सम्म प्रतिनिधिसभाको सभामुख थिए ।

पूर्वसभामुख ढुंगानाको निधनसँगै नेपाली राजनीति र समाजले एक महान नेता गुमाएको छ। उनको निधनको खबरले कांग्रेस पार्टी र देशभरका विभिन्न राजनीतिक दलका नेताहरूसँगै जनतामा शोकको माहौल सिर्जना गरेको छ।

उनको योगदानलाई स्मरण गर्दै विभिन्न नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्।

नका कान्छो छोरा निमेष लण्डनमा रहेकाले उनी आएपछि सोमबारमात्रे ढुंगानाको अन्त्येष्टि गरिने नेपाली कांग्रेसका नेता लोकेश ढकालले बताएका छन् ।

स्व. ढुंगानाका दुई छोरा र एक छोरी छन् । जेठा छोरा निशेष र छोरी नीता काठमाडौंमै छन् ।