धादिङ, ८ मंसिर २०८१ । राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको सभापतिमा सूर्यमणि पाठक चयन हुनु भएको छ । शनिबार धादिङबेसीमा सम्पन्न पार्टीको जिल्ला भेलाले पाठकको अध्यक्षतामा ११ सदस्यिय जिल्ला कार्य समितिको चयन गरेको हो । यस अघि पाठक जिल्ला भेला संयोजक हुनुहुन्थ्यो ।
भेलाले जिल्ला कार्य समितिको उपाध्यक्षमा गोपाल गुरुङ, सचिवमा मिनबहादुर अधिकारी, उप सचिवमा राम भण्डारी र जिल्ला कार्य समितिको सदस्यहरुमा लीला श्रेष्ठ, प्रेम प्रसाद अर्याल,रन्जन श्रेष्ठ ,श्रीराम आचार्य, श्रवण कुमार त्रिपाठीलाई चयन गरेको र बाकी २ जना कार्य समितिबाट मनोनयन गरिने वताईएको छ ।
जिल्ला भेलामा पार्टी केन्द्रिय उपसभापति पूर्व श्रमरोजगार मन्त्री डिपि अर्याल,बागमती प्रदेश समितिका प्रमुख डा.अचुतम लामिछाने,केन्द्रिय सदस्य उपेन्द्र पाण्डे लगायतको आतिथ्य रहेको थियो ।
भेलामा केन्द्रिय बिभागिय सदस्यहरु,प्रदेश कमिटीको सदस्यहरु,भेला आयोजक समिति,आमन्त्रित सदस्य,जिल्लाभरका मुख्य जिम्मेवार पदाधिकारी,पार्टी सदस्य शुभेच्छुक,प्रतिनिधि पार्टी सदस्यहरु,सम्पर्क समिति सदस्यहरुको सहभागिता रहेको सभापति पाठकले वताउनु भयो ।
जिल्ला भेलाले दुईवटै निर्वाचन क्षेत्र स्तरीय क्षेत्रीय समितिको समेत गठन गरेको छ । १ नम्बर क्षेत्रीय समितिको सभापतिमा श्रवणकुमार त्रिपाठी र २ नम्बर क्षेत्रीय समितिको सभापति श्रीराम आचार्य चयन भएका छन् । क्षेत्रीय समिति ७ सदस्यिय रहेको वताईएको छ ।