काठमाडौँ मंसिर १०, २०८१— नेपाल रेडक्रस सोसाइटीले दिंदै आएको रक्त सञ्चार सेवा अब प्रदर्शनीमार्गस्थित नवनिर्मित केन्द्रीय रक्त सञ्चार सेवा भवनबाट उपलव्ध हुने भएको छ ।
२०७२ बैशाखमा आएको विनासकारी भूकम्पले प्रदर्शनीमार्गस्थित केन्द्रीय रक्तसञ्चार सेवा भवनमा क्षति पुगेपछि यहाँबाट ललितपुरको बालकुमारी हुँदै रेडक्रसको केन्द्रीय कार्यालय ताहचलबाट रक्तसञ्चार सेवा प्रदान हुँदै आएको थियो । सोमबारदेखि प्रदर्शनीमार्गस्थित नवनिर्मित रक्तसञ्चार सेवा भवनबाट सेवा सुरु गरिएको हो ।
रेडक्रसले नेपालमा पहिलो पटक २०२३ साल साउन १२ गते काठमाडौँमा वीर अस्पतालबाट रक्तसञ्चार सेवा सुरु गरेको थियो । विसं २०३९ असोज ६ गतेदेखि अष्ट्रेलियन रेडक्रसको सहयोगमा प्रदर्शनी मार्गबाट सेवा प्रदान गर्दै आएको थियो ।