धादिङबेसी, १६ मंसिर २०८१ । धादिङ जिल्ला सहकारी संघको अध्यक्षमा रंगप्रसाद थपलिया निर्वाचित हुनु भएको छ । मंसिर १५ गते शनिबार धादिङबेसीमा सम्पन्न भएको संघको २४ औं बार्षिक साधारण सभा तथा अधिबेशनबाट थपलियाको अध्यक्षतामा जिल्ला संघको सञ्चालक समिति सर्व सम्मत चयन भएको हो ।
अधिबेशनबाट संघको बरिष्ठ उपाध्यक्षमा कमल राज कडेल, महिला उपाध्यक्षमा संगिता कडेल (दिपा) सचिवमा गोपाल गुरुङ र कोषाध्यक्षमा राम आले मगर चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा गायत्री खतिवडा,शिव बहादुर भण्डारी, हरि घिमिरे, पदमराज अधिकारी, एकराज पाण्डे,शेषकान्त कडेल, कृष्ण बहादुर पोखरेल, प्रमिला पण्डित र ओम बहादुर पाठक चयन भएका छन् । अधिबेशनबाट ईश्वरी अर्यालको संयोजकत्वमा शोभा दुवाडी र कृष्ण कुमार भट्ट सदस्य रहने गरि लेखा सुपरिवेक्षण समिति चयन भएको छ ।
संघका अध्यक्ष रामचन्द्र आचार्यको अध्यक्षता तथा नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष एव राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष खेम बहादुर पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वागमती प्रदेश सहकारी महासंघका महासचिव नेत्रराज पौडेल लगायतको आतिथ्य रहेको थियो ।