कभर फोटो

धादिंग अष्ट्रेलिया समाजले सिड्नीमा भलिबल प्रतियोगिताको आयोजना गर्दै

By Dhading News

December 05, 2024

 अष्ट्रेलिया,२० मंसिर २०८१ । अष्ट्रेलियाको सिड्नीमा भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ । प्रतियोगिता २०२४ डिसेम्बर १५ तारेखका दिन आइतबार बिहान ८ बजेबाट साँझ ५ बजेसम्म आयोजना हुने जानकारी धादिंग अष्ट्रेलिया समाजका अध्यक्ष अर्जुन केसीले दिएका छन । प्रतियोगिता सिड्नीको नर्थ वेष्टमा रहेको स्टेन होप पार्कमा आयोजना हुने छ ।प्रतियोगिता धादिंग अष्ट्रेलिया समाज र नर्थवेष्ट नेप्लिज कमिटीले मिलेर आयोजना गरेका हुन ।

 भेट्रान भलिबल च्याम्पियसीप प्रतियोगितामा ३५ बर्ष उमेर भन्दा माथिका खेलाडिहरूले सहभागिता जनाउंने भएका छन भने प्रतियागितामा १० वटा समूहले सहभागिता जनाउंने छन -‘ यो प्रतियोगिता प्रबासमा नेपाली – नेपालीबीचको आपसी सदभाब , भेटघाट र शारिरिक र मानसिक रूपमा स्वस्थ हुने उद्देश्यले गर्न लागिएको हो -‘ अर्जुन केसीले बताए ।

प्रतियोगिताको टाईटल स्पोन्सर्समा मार्की होम रहेको छ भने प्लाटिनममा सोलार वर्ड र गोल्ड स्पोन्सर्डमा क्विन्स फोर्ड कलेज रहेका छन – यस्ता प्रतियोगिताको आयोजनाले अष्ट्रेलियामा रहनु हुने भलिबल खेलाडीहरूलाई एकत्रित बनाउंने र प्रबसमा भलिबल खेलको बिकास हुने कुरा सिड्नीका पुराना भलिबल खेलाडी राजेश केसीले बताए ।

प्रतियोगिता प्रथम हुनेले १२ सय डलरको साथमा ट्रफी , मेडल र सर्टिफिकेट हात पार्ने छन । यसैगरी दोस्रो हुनेले ८ सय , ट्रफी, मेडल र सर्टिफिकेट जित्न सक्ने छन । प्रतियोगितामा बेस्ट स्पाइकर,बेष्ट सर्वर ,बेष्ट सेटर र म्यान अफ द म्याच हुनेले पनि ट्राफ़ी जित्ने छन । प्रतियोगितामा सिड्नीका लागि नेपाली बाणिज्य दूत सन्जिब शर्मा र भिक्टोरियाका बाण्जिय दूत निराजन गौलीको पनि बिशेष उपस्थिति रहने जानकारी दिइएको छ । प्रतियोगिता सम्बन्धि थप जानकारी चाहिएमा आफू र आफ्नो सस्थालाई सम्पर्क राख्न सस्थाका अथ्यक्ष अर्जुन केसीले आग्रह गरेका छन ।