धादिङ, ६ पुस २०८१ । नेकपा एकीकृत समाजवादीले धादिङ जिल्ला इन्चार्जको जिम्मेवारी पोलिव्युरो सदस्य गुरुप्रसाद बुर्लाकोटीलाई तोकेको छ।
सह इन्चार्जमा इन्दिरा ढुंगाना, सीता ढुंगाना र सुवाष खतिवडा रहेका छन् । इन्दिरालाई सह इन्चार्ज संगै क्षेत्र नम्बर २ को र सुवाषलाई क्षेत्र नम्बर १ को इन्चार्जको समेत जिम्मेवारी दिईएको छ ।
मंसिर २६ देखि पुष २ सम्म बसेको स्थायी कमिटी बैठकले सबै जिल्लामा इन्चार्ज, सहइन्चार्जदेखि संघीय निर्वाचन क्षेत्र इञ्चार्ज तथा सहइञ्चार्जसम्म तोकेको हो।
बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई मोर्चा फाँट प्रमुख, बलराम बाँस्कोटालाई उप प्रमुख र उप महासचिव डा.गंगालाल तुलाधरले वागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।