पहिचान अम्लपित्तको आशय ‘आहार–नली एवं आमाशयमा तीव्र जलन’ हुनु हो । यो जलन खाना खाइसकेपछि महसुस हुन्छ । अम्लपित्तको सीधा अर्थ हो, आमाशय प्रदेशमा जलन । साधारण बोलचालको भाषामा यसलाई पेटमा जलन भन्दछन् । अंग्रेजीमा यसलाई ‘एसिडिटी’ भनिन्छ । कारण अधिक मात्रामा खुर्सानी–मसला खानु, चिया–कफीको अधिक सेवन गर्नु, आमाशय (खाना थैली) मा घाउ हुनु, बढी तातो एवं गरिष्ठ वस्तुहरूको प्रयोग बढी गर्नु; बेसन, चिल्लो एवं मीठो या वातकारक खाद्य पदार्थहरूको सेवन गर्नु, रक्सी एवं मासु–माछा दैनिक सेवन गर्नु । लक्षण यो रोगको सबैभन्दा प्रमुख लक्षण छातीमा जलन हुनु हो, जसलाई आफैं महसुस गरिन्छ । अन्य कारणहरूमा राती सुतेको समयमा जलनको कारणले अचानक निद्रा खुल्नु, हृदयमा जलन, जीउ भारी हुनु, मुखमा अमिलो पानी आउनु, खाना पच्नेबित्तिकै जलन प्रारम्भ हुनु, पेट गड्याङ्गुडुङ् हुनु, कुसमयमा दिसा लागिरहनु, जलनको कारणले आमाशय मडारिनु, आमाशयमा पीडा महसुस हुनु आदि । घरेलु उपचार १. अमला महसँग चाट्नाले अम्लपित्त ठीक हुन्छ । २. बदाम एवं सिधेनुन महसँग चाट्नाले उल्टी हुन्छ, जसले गर्दा अम्लपित्त ठीक हुन्छ । ३. बिरेचन दिनाले अम्लपित्त ठीक हुन्छ । ४. जौ, गहुँ या चामलको सातु मिश्रीसँग सेवन गर्नाले अम्लपित्त शान्त हुन्छ । ५. खानापछि अमलाको रस पिउनाले अम्लपित्त शान्त हुन्छ । ६. जौ, अडूसा (एक ठूलो रुख र त्यसको फल), अमला, तज, पत्रज र इलायचीको घोल महसँग पिउनाले अम्लपित्त हट्छ । ७. गुर्जो (पीपलको जस्तै पात हुने, मसिनो रातो फल हुने, पहेंलो पूmल फुल्ने, मोटो डाँठ हुने एक लहरो), निम्बुको बोक्रा एवं परबर (तरकारी) को घोल मधु (मह) सँग पिउनाले अम्लपित्त ठीक हुन्छ । ८. अडूसा, गुर्जो, पित्तपापडा, चिराइतो, नीमको बोक्रा, जलभांगरा, त्रिफला र कुलथीको धूलोमा मह हालेर पिउनाले अम्लपित्त हट्छ । ९. द्राक्षादिगुटिकाको एक गोली दिनहँु खानाले अम्लपित्त रोग ठीक हुन्छ । १०. ८ ग्राम अविपतिक चूर्णको सेवन चिसो पानीसँग गर्नाले अम्लपित्त रोग ठीक हुन्छ । ११. सुतशेखर रस या आमदोषान्तक क्याप्सुल दुई–दुई मात्रामा बिहान–बेलुका पानीसँग लिनाले अम्लपित्त रोग नष्ट हुन्छ । १२. कामसुधा रसको दुई–दुई गोली दैनिक लिनाले अम्लपित्त रोग ठीक हुन्छ । खान हुने मह, केरा, अदुवा, धनियाँ आदि पथ्य हुन् । खान नहुने
तारेका वस्तुहरू, वातकारक पदार्थ एवं मासु–माछा खान नहुने चीजहरू हुन् ।