हाम्रो पालिका

ग्रामीण भेगका समुदायमा मतदाता शिक्षा पुगेन

By Dhadingnews.com

October 30, 2013

धादिङ,१३ कात्तिक । धादिङ जिल्लाको ग्रामीण भेगका मानिसहरुलाई मतदाता शिक्षा सम्बन्धी कुनै जानकारी नभएकोले तत्काल उनीहरु समक्ष मतदाता शिक्षा कार्यक्रम लैजानु पर्ने राष्ट्रिय मानवअधिकार आयोग काठमाण्डौंका अनुगमन अधिकृत सुर्यबहादुर देउजाले बताएका छन । संविधान सभाको मिति नजिकिँदै गर्दा धादिङ जिल्लाको चुनावी माहोल र स्थानीय ब्यक्तिहरुको धारण बुझ्न राष्ट्रिय मानवअधिकार आयोग काठमाण्डौंबाट सोमबार धादिङ आएको आयोगको एक टोलीले धादिङ जिल्लाको विभिन्न ठाउँहरुमा अनुगमन गरेको थियो । मंसिर ४ गते हुने संविधान सभा निर्वाचनमा धादिङ जिल्लाको विभिन्न क्षेत्रहरुमा अनुगमन गर्दा प्राय ः जसो सबै बुथहरुमा सुरक्षाको ब्यबस्था कडा बनाउनु पर्नेे र अपाङगता, जेष्ठ नागरिक, अशक्त र गर्भवती महिलाहरुलाई भोट हाल्न समस्या देखिएकोले यसको समाधान गर्ने ब्यबस्था तत्काल मिलाउनु पर्ने मानव अधिकार आयोगका अनुगमन अधिकृत जयश्वर चापागाईले बताउनु भयो । यसरी राज्यले समयमा नै समस्याको समाधान नगरे धादिङ जिल्लाको चुनावी माहोल एकदमै खतरा हुने समेत बताएका छन ।

अन्य जिल्लाको तुलनामा धादिङ जिल्लाको अनुगमन गर्दा कुनै पनि राजनीतिक दलहरुले गम्भिर प्रकारको आचार संहिता उल्लङघन नगरेको भएता पनि प्रत्येक विद्यालयहरुमा राजनीतिक दलहरुले आमसभा गरी विद्यार्थीहरुलाई परिचालन गरेकोले यस्तो कार्य तत्काल रोक्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन ।