रोजगारी/समृद्धि

तिम्रो हत्या भयो किन?

By Dhadingnews.com

October 30, 2013

तत्कालिन नेकपा माओवादीद्वारा हत्या गरिएका सलाङका एमाले नेता खिनबहादुर मगरको सम्झनामा

तिम्रो हत्या भयो किन?

तिमी थियौ मेरो बाल–सखा सहयात्री र सहयोध्दा जसले , माक्र्सवादलाई आत्मसात ग्यो र ,जीवन दर्शन बनायो । सामाजिक मुक्तिका लागि निरन्तर लागिर≈यो…. लागिरहयो ।

तिम्रा ती विनोदपूर्ण चुट्किला ती गीत,संगीत र भंगीत सदाका लागि अव– खड्किरहयो….खड्किरहयो ।

जनजातिका नेता तिमी सलाङीका साथी तिमी एमालेका हस्ती तिमी सबैका वीच मस्ती तिमी मात्र संझना, रहिरहयो….रहिरहयो ।

कमरेड † तिम्रो दोष थियो र के ? अभाव र गरिवीको वीच पनि जीवन जनताकै निम्ति भनी खुला प्रतिस्पर्धा वीच पार्टी झण्डा उठाइरहयौ……उठाइरहयौ ।

माओका तिमी अनुयायी थियौ जीवनभर उनका शिक्षा लियौ माओ भनिने वादीलाई गास दियौ वास दियौ आखिर अन्तीम सास दियौ सास दियौ ।

जनमुक्तिका हतियार रे π वर्ग मित्रका मतियार रे † जनता सवका हितकारी रे π जनवादका क्रान्तिकारी रे †

जनता सबले बुझिसके, तिम्रा दिलसा खुलिसके ।

विचारमा विलय भएन जो, हतियार सन्मुख झुकेन जो, मिथ्याद्ररोप स्वीकार गर्दैन जो, भन तिमी† बढी क्रान्तिकारी को ?्

जनतालाई नै मार्ने कस्तो हो यो जनयुध्द ? जनता बनि नै सके तिम्रो युध्द सित क्रुध्द

हत्या गर्नु निःशस्त्रको हुन्छ के नै बहादुरी ? निर्दोषी मान्छे मारेर कति गर्छौ चुरीफुरी ?

जनता कति लागे रे † तिम्रो युध्द पछिल्तिर ? त्रुटी कहां किन भयो ? सोचे हुन्थ्यो त्यतातिर ।

कायरले गरे हत्या तिमी बन्यौ अजम्वर† तिमी रेछौ सत्रूका सामु डरलाग्दो भयंकर †

अन्तीम लाल सलाम † प्रिय कमरेड, खिन †ः जनता प्रश्न गर्दैछन् तिम्रो हत्या भयो किन ? -राम प्रसाद अधिकारी  नेकपा एमाले प्रतिनीधि परिषद सदस्य धादिङ