हाम्रो पालिका

सुरक्षाकर्मीको संयुक्त टोलीवाट सार्वजनिकस्थलका प्रचार सामाग्री हटाईयो

By Dhadingnews.com

November 01, 2013

धादिङ/ संधैभरी हातमा वन्दुक र लाठी बोकेर हिड्ने सुरक्षाकर्मीहरु शुक्रवार विहान फरक शैलीमा वजारमा देखापर्दा धादिङवेसीका वासिन्दा चकित परेका थिए । हातमा लाठी र सरसफाई सामाग्री बोकेर निस्किएका सुरक्षाकर्मीको संयुक्त टोलीले निर्वाचन आचारसंहिता विपरित निर्वाचन प्रचार प्रसारका लागि सार्वजनिक स्थानमा राखिएका सामग्रीहरु हटाईदिएको छ ।

नेपाल प्रहरी, नेपाली सेना,शशस्त्र प्रहरी,ट्राफिक प्रहरी तथा म्यादी प्रहरी सहितको एकहजार भन्दाबढीको संयुक्त टोलीले शुक्रवार विहान सदरमुकाम धादिङबेसीको वजार क्षेत्रवाट निर्वाचन आचारसंहिता विपरित राखिएका निर्वाचन प्रचार प्रसार सामाग्रीहरु हटाएको हो । कार्यक्रमको नेपाली सेनाको वैरेनीस्थित श्री नम्बर ६ वाहिनी अड्डाका वाहिनीपती प्रल्हाद थापा, धादिङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेल, नेपाल प्रहरीका धादिङका प्रहरी नायव उपरिक्षक अशोक सिंह,शशस्त्र प्रहरीका धादिङ निर्वाचन वेस क्याम्पका प्रहरी नायव उपरिक्षक तिर्थ थापा, सवुज गणका गणपती भोला थापा लगायतका सुरक्षा अधिकारीहरुले संयुक्त रुपमा सडकमा कुचो लगाएर उदघाटन गरेका थिए । धादिङबेसी सिरानवजारवाट शुरु भएको कार्यक्रम पुछारवजार पुगेर सम्पन्न भएको थियो । संयुक्त सुरक्षा फौजले निर्वाचन आचारसंहिता विपरित सार्वजनिक स्थानमा राखिएका निर्वाचन प्रचार प्रसार सामाग्री हटाउनुका साथै वजार सरसफाई समेत गरेको छ । राजनैतिक दलहरुले निर्वाचन आचारसंहिता विपरित कुनै कार्य नगर्ने प्रतिवद्धता जनाएपनि सार्वजनिक स्थानमा प्रचार प्रसार सामाग्री राख्नेक्रमलाई वढावा दिएपछि संयुक्त सुरक्षा फौजले यस्ता सामाग्री हटाएको हो । यस अघि जिल्लाको गजुरीवजार र राजमार्गका विभिन्न क्षेत्रवाटपनि पनि संयुक्त सुरक्षा फौजले निर्वाचन आचारसंहिता विपरित राखिएका सामाग्रीहरु हटाएको थियो । धादिङ जिल्लाका अधिकांश दलले निर्वाचन आचारसंहिताको पालना गर्ने सार्वजनिक प्रतिवद्धता जनाएपनि आचारसंहतिा उल्ल्ंघन गर्दै आईरहेका छन । एकीकृत नेकपा माओवादीले पृथ्वीराजमार्गमा पर्ने धादिङको खानीखोलामा स्वागतद्धारको निर्माण गरेको छ त्यसैगरी कार्यकर्तालाई चुनाव चिन्ह अंकित रातो ज्याकेट बितरण गर्नुका साथै मोटरसाईकल ¥याली गरेर तडकभडक गरेको आरोप लागे भएपनि निर्वाचन आयोगले यस बिषयमा ध्यान दिन नसकेको आरोप छ । त्यसैगरी नेकपा एमाले र नेपाली कांग्रेसले पनि आचारसंहिता उल्लंघन गरिरहेको आरोप लागेको छ । एमालेले पनि राजमार्गमा मोटरसाइकल ¥याली निकालेको , नेपाली कांग्रेसले रंगिन भित्तेपात्रो वनाएर मतदाताको घर घरमा बितरण गरेको बिषयमा निर्वाचन आयोगलाई सचेत गराउंदा पनि सुनुवाई नभएको विपक्षीदलहरुले वताएका छन ।