बिकास /परिवर्तन

स्वास्थ्य चौकीमा सुत्केरी गराउने चेपाङ बढे

By Dhadingnews.com

November 04, 2013

सिद्धि (चितवन), कार्तिक १८ – ४८ वर्षीया हरिमाया चेपाङले ६ सन्तानलाई एक्लै कष्ट सहेर जन्माइन् ।  नकिजकै अस्पताल नहुँदा उनी घर र जंगलमा बच्चा जन्माउन बाध्य भइन् । यसरी बच्चा जन्माउँदा आफू र बच्चा असुरक्षित हुन्थे । उनलाई स्वास्थ्य चौकी नजिकै भए पनि त्यहाँ सम्म पुग्न लाजले छेक्थ्यो । त्यसैले नजिकैको वन र गोठ उनको सुत्केरी हुने केन्द्र बन्थे । तर अहिले गाउँमा वषौर्ंदेखि फैलिएको लाज हराउँदै जाँदा उनी आश्चर्यमा छिन् ।