मुख्य समाचार

धादिङ अब एमाले किल्ला

By Dhadingnews.com

November 22, 2013

धादिङ /धादिङ जिल्लाका तीन वटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले विजय हासिल गरेका छनधादिङ जिल्लाको १ बाट धनबहादुर घले, २ बाट गुरुप्रसाद बुर्लाकोटी र ३ बाट राजेन्द्र पाण्डे विजयी भएका छन।एमालेले पहिलो पट्क जिल्लाको तीन वटै क्षेत्रमा बिजय हासिल गरेपछी धादिङ जिल्ला एमालेको किल्ला भएको हो ।२०६४ सालको संबिधान सभा निर्वाचनमा धादिङ जिल्लाको तीनवटै क्षेत्रमा तत्कालिन नेकपा माओवादीका पुष्पबिक्रम मल्ल १ बाट, कल्पना धमला २ बाट र सालीकराम जम्कट्टेल ३ बाट बिजयी भएका थिए । मल्ल यस पटक चौथो स्थानमा, धमला र जमकट्टेल दोश्रो स्थानमा परेर पराजित भएका छन ।