पर्यटन

धादिङको स्कुलहरुको लागि ‘गाउँमा कम्प्युटर शिक्षा अभियान’

By Dhadingnews.com

December 02, 2013

भुवन गुरुङ, युएई – ज्याम्रुङ गाउँ विकास समिती-९ मा १९७८ मा जन्मे को म भुबन गुरुङ सुनौलो भबिश्यको सपना बोकेर १९९९ मा खाडी मुलुक यू ए ई आएको थिएँ । रोजगारको शिलशिलामा बिभिन्न सुबर्ण अबसरहरु प्राप्त हुँदा पनि विज्ञान तथा प्राबिधिक शिक्षा र कम्प्युटर शिक्षाको कमीले गर्दा सबै अबसर हरु गुमाउँदै लगातार अन्धकार माया भविश्यको जिबन बिताइ रहनु पर्‍यो ।

 

यसै दुर्घटनाले गर्दा कता कता मेरो मनमा एउटा अठोट आयो । जुन अठोट थियो मैले जस्तो दु:ख भबिस्यका विद्यार्थी भाई बहिनी हरुले झेल्नु नपरोस भन्दै ग्रामीण ईलाकाका सामुदायीक स्कुलहरुमा कम्प्युटर शिक्षा प्रदान गराउन को लागि सन २०१२ तिरको सुरुवातमा “गाउँमा कम्प्युटर शिक्षा” भन्ने अभियान सुरु गरेँ । जस मार्फत यो अभियानलाई सात जनवरी २०१३ मा २१ कम्प्युटर र १ प्रोजेक्टर शन्खदेवी उच्च माध्यामिक विद्यालयलाई हस्तान्तरण गर्न सफल भयौँ । जसबाट ३५० विद्यार्थी ले कम्प्युटर शिक्षा हासिल गरिरहेका छन् ।

 

यस्तै अबसर देश बाहिरका विद्यार्थीहरूले प्राप्त गरुन भन्दै राष्ट्रब्यापी रुपमा लैजाने अठोट गर्दै ज्याम्रुङ गाउँ विकास समिती को अन्य १० कक्षासममा पढाई हुने स्कुल मन्जु श्री मावि, लामास्थान मावि, थानपती मावि, कुमारी देवी मावि र चन्डेस्वरी माविमा कम्प्युटर उपलब्ध गराउन ‘गाउँमा कम्प्युटर शिक्षा अभियान २०७१’ ज्याम्रुङ धादिङ घोषणा गरिएको छ भने छिमेकी गाउँ विकास समिती कटुन्जेका महेन्द्र बाराही उच्च मावि, त्रिपुरेस्वर गाउँ विकास समितीको अचने उच्च माध्यामिक विद्यालय तथा चैन्पुर गाविसको सालबास उच्च माविमा पनि कम्प्युटर हस्तान्तरणको लागि अभियान सुरु गरिएको छ । जुन अभियान लोकप्रिय भएकोले सहयोग जुट्ने काम तिब्र रुपमा भईरहेको छ ।

 

यो अभियानको लागि बिभिन्न देशबाट सहयोग आउने क्रममा लामो समय देखी अमेरिकामा आफ्नो ब्यापार गर्दै आउनुभएका गर्दै आउनुभएका फिल्म निर्देशक तथा फिल्म निर्माता एवम् हिमालयन फाउन्डेसन यू एस् एका माहासचिव दिल श्रेष्ठले एक लाख एघार हजार एक सय एघार रुपैंया सहयोग गर्ने घोषणा गर्नु भएको छ भने यो पवित्र अभियानलाई अमेरिकाको हिमालय फाउन्डेसनले पनि पूर्ण रुपमा सहयोग गर्ने जानकारी महासचिव श्रेष्ठले दिनुभएको छ ।

 

यसैगरी नेपालकै बिकट अञ्चल कर्णालीको जुम्ला जिल्लाको तातोपानी गा बि स को हिम शिखर उच्च मा बि मा पनि कम्प्युटर हस्तान्तरण गर्नको लागि स्कुलसँग परामर्श भैरहेको जानकारी निर्देशक/निर्माता तथा हिमालयन फाउन्डेसन यूएसएका महासचिव श्रेष्ठले दिनुभएको छ । यो असिम सहयोग र चासोले यो अभियान अझै प्रभाबकारी भएको हामीले महसुस गरेका छौँ ।

 

यो अभियानको लागि सहयोग गर्नुहुनेप्रति हाम्रो टिम भुबन गुरुङ, गुणानिधी धमला, बिकास गुरुङ, दिपक ढकाल तथा इन्जिनियर कुमार धमला निकै उत्साहित हुँदै अझै दिलोज्यानका साथ अभियानमा लागि पर्न अझ उच्च मनोबल बढेको छ ।