सन् २०१५ मा हुने एकदिवसीय विश्वकप क्रिकेटको खेलतालिका बुधबार सार्वजनिक भएको छ ।
आगामी पुस २६ गतेदेखि न्युजिल्याण्डमा हुने प्रतियोगिताको समूह कमा परेको नेपाललको समूहमा संयुक्त अरब इमिरेट्स्,स्कटल्याण्ड, हङकङ र क्यानडा छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार सार्वजनिक गरेको तालिका अनुसार समूह ‘ख’ मा नामिबिया, पपुवा न्यूगिनी नेदरल्याण्ड्स्, केन्या र युगाण्डा छन्।
तालिका अनुसार नेपालले पुस २९ गते युएईसँग पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
पुस २६ गतेदेखि २ दिन सहभागी हरेक टिमले २ अभ्यास खेल खेल्ने छन् । नेपालले नामीबिया र केन्याबीरुद्ध अभ्यास खेल खेल्नेछ ।
प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली २०१५ को विश्वकपका लागि छनोट हुनेछन् । आयरल्याण्ड र अफगानिस्तान विश्वकपका लागि छनोट भइसकेका छन्।
समूह चरणमा उत्कृष्ट हुने तीन देशले सुपर सिक्स खेल्नेछन् । सुपर सिक्समा पुग्ने टोलीले आफ्नो समूह बाहेकको अर्को समूहबाट आउने टोलीसँग खेलि फाइनलमा पुग्ने २ टोली २०१५ को विश्वकपमा छनोट हुनेछन् ।
यस्तो छ खेल नेपालको तालिका
अभ्यास खेलहरु
पुस २६ शुक्रबार विरुद्ध नामिबिया
पुस २७ शनिबार विरुद्ध केन्या
समूह चरणका खेल
पुस २९ विरुद्ध युएई
माघ २ विरुद्ध स्कटल्याण्ड
माघ ५ विरुद्ध हङकङ
माघ ७ विरुद्ध क्यानडा
-सेटोपाटी डट कम बाट