हाम्रो पालिका

चेपाङ वालवालिकालाई न्यानो कपडा

By Dhadingnews.com

December 17, 2013

धादिङ,/धादिङको धुषा गाविसको वडा नम्वर ५ बरपुकको चित्रकालिका प्राथमिक बिद्यालयका ५० जना चेपाङ वालवालिकालाई न्याना कपडा बितरण गरिएको छ ।

चिसो बढेसँगै बुरपाकका वालवालिकाहरु न्यानो कपडा लगाउन नपाएर कठ्याङग्रिएर घरमै बस्नुपरेको समाचार सार्वजनिक भएपछि कान्तिपुर इन्टरनेशनल कलेज नयाँ वानेश्वरले बुरपाकका ५० जना चेपाङ वालवालिकालाई एक एक थान ज्याकेट बितरण गरेको हो । ज्याकेट पाएपछि बालबालिकाहरुले अव नियमित बिद्यालय आउने वताएका छन ।

कलेजका कार्यकारी निर्देशक प्रतापराज जोशीको नेतृत्वमा गएको एक टोलीले गाउँमै पुगेर वालवालिकालाई एक एक थान नयाँ ज्याकेटहरु दिएको हो । कलेजले ५० हजार रुपैयाँका नयाँ ज्याकेट खरिद गरी चेपाङ वालवाललिकालाई सहयोग गरेको हो ।

वालवालिका सँगै उनीहरुका अभिावकलाई पनि एक एक थान लगाउने कपडाहरु दिईएको थियो । पृथ्वीराजमार्गको खटौती खोलावाट तीन घण्टाको पैदल दुरीपछि पुग्न सकिने बुरपाकमा ४५ घर चेपाङहरुको वसोवास रहेको छ । जिल्लाको अधिकांश चेपाङबस्तिमा चिसो बढेसंगै वालवालिका र बृद्धबृद्धा विरामी पर्न थालेका छन ।

उज्यालो अनलाईनबाट