मुख्य समाचार

महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाल धादिङ देशभरीमै पहिलो

By Dhadingnews.com

December 30, 2013

धादिङ–महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले धादिङमा कार्यरत महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाललाई यस बर्षको सर्वोत्कृष्ठ जिल्लाको रुपमा सम्मान गरेको छ ।

स्थानीय स्तरमा श्रोत व्यस्थापन गर्दै महिलाहक हितका निम्ति उल्लेखनिय योगदान पु¥याएको भन्दै राष्ट्रिय सञ्जालले आफ्नो तेश्रो राष्ट्रिय अधिबेशन तथा छैटौं साधारण सभाको अवसर पारेर जिल्ला सञ्जाललाई सम्मान गरेको हो । देशका ७५ वटै जिल्लामा स्थापना भई सक्रिय रहेको सञ्जालहरु मध्ये धादिङ जिल्ला समिति पहिलो,सिरहा जिल्ला समिति दोश्रो र दाङ जिल्ला तेश्रो भएका थिए । यहि पुस १२ देखि १४ गते सम्म काठमाण्डौमा सम्पन्न भएको अधिबेशनवाट महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको केन्द्रीय सदस्यमा धादिङकी महिला मानवअधिकारकर्मी राधिका सापकोटा निर्वाचित हुनुभएको छ । २३ सदस्यिय केन्द्रीय समितिको अध्यक्षमा रेणुराज राजभण्डारी हुनुहुन्छ । केन्द्रीय सदस्यमा निर्वाचित सापकोटा जिल्ला सञ्जालको पुर्व अध्यक्ष समेत हुनुहुन्छ ।