शिक्षा/स्वास्थ्य

बैरेनीमा अनौपचारिक शिक्षा कक्षाका स्वयंसेवकलाई तालिम

By Dhadingnews.com

January 01, 2014

बैरेनी-साक्षर नेपाल अभियान अन्तरगत बैरनी गाविसका सबै अशिक्षितलाई शिक्षित बनाउनका लागि बुधवारदेखि बैरनी गाविसको मासटारमा अनौपचारिक कक्षा संचालन गर्ने स्वयंसेवकहरुलाई तालिम सुरु गरिएको छ । जिल्ला शिक्षा कार्यालय अन्तरगत संचालन गरिने अनौपचारिक शिक्षाको कार्यक्रम बैरेनी गाविसमा कोसोक नेपालले संचालन गर्ने छ । बुधवारदेखि सुरु भएको स्वयंसेवकहरुको तालिममा गाविसभरिका ७३ जना को सहभागिता रहेको छ ।। सामुदायिक अध्यायन केन्द्रका अध्यक्ष शिव भण्डारीको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहको गाविस सचिव एवं गाविस शिक्षा समितिका संयोजक लक्ष्मण भट्टराईको प्रमुख आतिथ्य रहेको थियो । गाविसभरिका निरक्षरलाई शिक्षित बनाउने महान अभियानमा सबैलाई सहभागि हुन आग्रह गर्दै गाविसलाई पूर्ण सफाइमा लैजानका लागि सम्पूर्ण नागरिकको सहभागिता हुनु पर्नेमा जोड दिनुभयो कार्यक्रममा कोसोक नेपालका कार्यवहाक अध्यक्ष सीताराम अधिकारी, जिल्ला शिक्षा कार्यालयका उपसचिव गगनदेव भट्ट, श्रोतव्यक्ति रामजी गौतम, जनकल्याण उच्चमाविका प्रधानाध्यापक शंकर भण्डारी लगायतले गाविसको शिक्षा क्षेत्रमा सम्पूर्ण सयंसेवकहरुले योगदान गरेमा सम्पूर्ण नागरिक साक्षर हुने बताउनुभएको थियो । तालिम पछि ७३ जना स्वयंसेवकहरु गाविसभरिा सबै वडाका सम्पूर्ण टोलहरुमा तीन महिनासम्म १५ देखि ६० वर्ष उमेर समूहका निरक्षरहरुलाई साक्षरता कक्षा संचालन गरि साक्षर बनाउने छन् ।