प्रदेश

प्रथम त्रिवेणी कपको उपाधी धादिङ समाजलाइ

By Dhadingnews.com

January 05, 2014

धादिङ, २१ पुस- धादिङ वेशीमा संचालित जिल्लास्तरीय प्रथम त्रिवेणी कपको उपाधी धादिङ समाज धादिङले हात पारेको छ ।

आईतवार सम्पन्न भएको फाइलन खेलमा प्रेरणा फाउण्डेशन दार्खालाइ सुन्यका विरुद्ध दुइ गोलले हराउदै धादिङ समाजले उपाधिमाथी कव्जा जमाएको हो । निर्धारित ९० मिनेटको खेलमा कुनै टिमवाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयको सुरुवातमानै धादिङ समाज धादिङका कप्तान भिषण श्रेष्ठले गोल गरेपछि प्रेरणा फाउण्डेशन दवावमा परेको थियो । एक गोलले पछि परेको अवस्थामा खेल सकिनै लाग्दा प्रेरणा फाउण्डेशनले आत्मघाती गोल गरेपछि भने धादिङ समाज धादिङको जीत सम्भव भएको थियो । जीतसंगै धादिङ समाज धादिङले नगद पन्ध्र हजार सहित ट्रफी प्रमाणपत्र र मेडल पाएको थियो भने उपविजेता दार्खाको प्रेरणा फाउण्डेशनले नगद सात हजार पाएको छ । समापन समारोहमा प्रतियोगीताभरका उच्चगोलकर्ता, उत्कृष्ट डिफेन्स, सर्वोत्कृष्ट खेलाडी, गोलकिपर र उदयीमान खेलाडीलाइ ट्रफी र र प्रशंशापत्रले पुरस्कृत गरिएको थियो । समापन समारोह त्रिवेणी समाज धादिङका अध्यक्ष टेकजङग लामाको सभापतित्वमा सम्पन्न भएको थियो । खेलको समापन कार्यक्रममा वोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले धादिङको खेल क्षेत्रको विकासको लागि आफुले सक्दो पहल गर्ने वताएका थिए । त्रिवेणी समाज धादिङद्वारा आयोजीत जिल्लास्तरीय प्रथम त्रिवेणी कप फुटवल प्रतियोगीताको समापन समारोहमा उपस्थित भएका लामाले धादिङमा पनि सेमीकभर्डहल निर्माणको लागी टेण्डर प्रक्रिया सकिसकेकोले कभर्डहलको निर्माण पश्चात धादिङको खेलक्षेत्रले गतिलिने वताएका छन । लामाले सम्पुर्ण खेलाडी र खेलप्रेमीहरुको योगदान र हौसलाले समग्र खेलक्षेत्रको विकास सम्भव भएको वताउदै आगामी दिनमा पनि स्थानिय स्तरमा नै भएपनि खेलकुद गतिविधिहरु गरिरहन आग्रह गरेका थिए ।