उद्योग /व्यापार

मेलाको प्रचार प्रसार तीव्र

By Dhadingnews.com

January 20, 2014

 धादिङ ६,माघ  –आगामी माघ १५ गतेदेखि २३ गतेसम्म हुन लागेको कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाका लागि प्रचार प्रसार कार्य तीव्र पारिएको छ ।

प्रचार प्रसार गर्ने क्रममा सोमवार धादिङबेसी बजारका व्यवसायीसँग मेलाका बारेमा प्रचार प्रसार तथा सहयोगका कार्यक्रम गरिएको छ । साथै धादिङबेसी बजारका विभिन्न व्यावसायीहरुसँग सहकार्य गरी मेलाका लागि आवश्यक आर्थिक सहयोग जुटाउन पहल गरिएको छ । प्रचार प्रसारकै क्रममा सोमवार धादिङबेसी तथा राजमार्गका क्षेत्रहरुमा व्यानर तथा भित्ताहरुमा रङरोगन कार्य भईरहेको उद्योग वाणिज्य संघ धादिङले जानकारी दिएको छ ।

धादिङबेसीको खुल्लामञ्चमा माघ १५ गतेदेखि २३ गतेसम्म हुने बृहत कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको प्रवेशद्धार, स्टल निमार्ण कार्य तथा स्टेज निमार्ण कार्य भईरहेको छ । नौ दिनसम्म चल्ने मेलामा दैनिक उपभोग्य सामान, अटोमोबाइल, कृषिजन्य तथा जडिबुटी, मदिरा तथा सुर्तिजन्य सामग्ी, हस्तकला तथा छालाका सामानहरु, सुचना प्रविधि, गारमेन्ट, कृषि प्रविधि प्रदशनी लगायतका बस्तुहरु प्रदर्शन गरिनेछ । धादिङ जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग , व्यापार,कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्यले सञ्चालन गर्न लागेको मेलामा ५ करोड बराबरको कारोबार हुने र एक लाख दर्शक भित्रयाउने आयोजकको दाबी छ ।