हाम्रो पालिका

मेलाको तयारी अन्तिम चरणमा

By Dhadingnews.com

January 26, 2014

धादिङ, १२ माघ – धादिङबेसीमा सञ्चालन हुने बृहत कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला २०७० सुरु हुन अब ३ दिन बाँकी रहेको छ ।

माघ १५ गते देखी २३ गते सम्म धादिङबेसी जाऔं-बृहत कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला २०७० मा सहभागी बनौं

“कृषि, उद्योग र पर्यटनको व्यापक संभावना, सम्बृद्ध धादिङ हाम्रो परिकल्पना” भन्ने नाराका साथ माघ १५ देखि २३ गतेसम्म सञ्चालन हुने मेलाका लागि आयोजक उद्योग वाणिज्य संघ धादिङले आफ्नो जिम्मेबारीलाई अन्तिम रुप दिएका छन् । मेलाको प्रचार प्रसारका लागि समितिले धादिङको उत्तरी क्षेत्रका विभिन्न ठाँउहरुमा बु्रसियर तथा व्यानर मार्फत प्रचार कार्य गरिएको छ । प्रचार प्रसार समितिका संयोजक राजेन्द्रप्रताप शाहको नेतृत्वमा गएको टोलीले मेलाका बारेमा स्थानीयहरुलाई जानकारी गराइएको थियो । मेला नजिकिदै जाँदा आयोजक समितिहरुले धादिङबेसी सरसफाई गरेको छ । भने बजार क्षेत्रका विभिन्न ठाँउमा तुल, व्यानर तथा अन्य सजावट कार्य गरेको छ ।

मेला स्थल भित्र दैनिक साँस्कृतिक र मनोरञ्जनका कार्यक्रमहरु गरिने जानकारी गराइएको छ । राष्ट्रिय तथा स्थानिय कलाकारहरुबाट दैनिक रुपमा जातीय संस्कृतिको जगेर्ना, विकास र चेतना अभिवृद्धि गर्ने खालका नृत्य, गीत प्रस्तुत गरिने साँस्कृतिक उपसमितिका सह संयोजक कृष्ण शिशिरले जानकारी गराउनु भयो ।

धादिङ जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग , व्यापार, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्यले सञ्चालन गर्न लागेको मेलामा ५ करोड बराबरको कारोबार हुने र एक लाख दर्शक भित्रयाउने आयोजकले लक्ष्य राखेको छ ।

मेलामा दैनिक उपभोग्य सामान, अटोमोबाइल, कृषिजन्य तथा जडिबुटी, मदिरा तथा सुर्तिजन्य सामग्री, हस्तकला तथा छालाका सामानहरु, सुचना प्रविधि, गारमेन्ट, कृषि प्रविधि प्रदर्शनी, निमार्ण सामग्री, पर्यटन, इलेक्ट्रोनिक सामग्री लगायतका बस्तुहरु, ढाकाका आइटमहरु, गुन्दुक ढिडो देखि चेपाङ खाना, चमेराको मासु लगायतका परिकारका राखिने जानकारी गराइएको छ ।