हाम्रो पालिका

धादिङलाई ताजा तरकारी उत्पादन केन्द्र बनाउन आवश्यक :अर्थमन्त्री

By Dhadingnews.com

January 29, 2014

धादिङ, १५ माघ – अर्थ मन्त्री शंकर प्रसाद कोईरालाले काठमाडौका ५० लाख मानिसलाई आवश्यक पर्ने २५ प्रतिशत ताजा तरकारी धादिङले खुवाई रहेकाले ताजा तरकारी उत्पादन केन्द्र बनाउन आवश्यक भएको बताएका छन् ।  उद्योग वाणिज्य संघ धादिङले आयोजना गरेको वृहत कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै धादिङ हुदै काडमाण्डौ, पोखरा लगायतका ठुला शहरहरु आवजावत गर्नु पर्ने भएकाले  कृषि, पर्यटन तथा औद्योगिक व्यापारको अपार सम्भावना र बजार भएको बताए । राजधानीसंग जोडिएकाले कृषि जन्य उत्पादन, खानी जन्य वस्तु, पर्यटन गन्तव्य स्थल भएकाले जिल्ला विकासकोमा सवै माननीय सभाषद र राजनीति दलका प्रतिनिधि, उद्योगी व्यावसायिक एक ठाउमा जुट्न आवश्यक भएको बताउदै जलाशययुक्त बुढी गण्डकी आयोजना सरकारले उच्च प्राथमिकतामा राखेर डिपिआरको भईरहेको बताए ।

-कारोबार दैनिक