मुख्य समाचार

मेलामा दोश्रो दिन दर्शकहरुको उपस्थिती उत्साहजनक

By Dhadingnews.com

January 30, 2014

धादिङबेसी १६ माघ – ‘कृषि उद्योग र पर्यटनको व्यापक सम्भावना ,सम्बृद्ध धादिङ हाम्रो परिकल्पना’ भन्ने नाराका साथ बुधवारदेखि धादिङबेसीमा शुरु भएको बृहत कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलामा  दोश्रो दिन दर्शकहरुको उपस्थिती उत्साहजनक देखिएको छ । करिव ८ हजार दर्शकले मेला हेरेको अनुमान गरिएको छ । मेला   माघ २३ गते सम्म जारी रहनेछ ।

मेलामा केराको परीकार देखी  गुन्द्रुक, ढिंडो, माछा, मासु तथा अन्य जातिय परिकार समेत राखिएका छन ।   त्यस्तै भादगाउंले कालो टोपी,नेपाली ढाकाका बस्तुहरु, दैनिक उपभोग्य सामान, अटोमोबाइल, कृषिजन्य तथा जडिबुटी, मदिरा तथा सुर्तिजन्य सामग्री, हस्तकला तथा छालाका सामानहरु, सुचना प्रविधि, गारमेन्ट, कृषि प्रविधि प्रदर्शनी, निमार्ण सामग्री, पर्यटन, इलेक्ट्रोनिक सामग्रीहरु रहेकाछन् । मेलामा १४८ वटा स्टलहरु रहेका छन् । मेलाले जिल्लाको आर्थिक तथा सामाजिक उत्थान गर्नका लागि कृषि, उद्योग, व्यापार, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको प्रबद्र्धनमा टेवा पु¥याउने आयोजकहरुले वताएका छन । मेलामा धादिङ जिल्लामै वनाईएका चित्राफुङगा देखि जिल्लाको पहिचान दिने घरेलु,पर्यटन, कृषि, साना तथा लघु उद्यम र वित्तीय संस्था होटल अन्य बस्तुहरुको खरिद विक्रि समेत हुने छ ।  मेला स्थलमा विभिन्न किसिमका सामानहरु बिक्रि तथा प्रदर्शनीका लागि राखिएका छन । धादिङ जिल्लालाई उद्योग, व्यवसाय, प्रविधि तथा कृषि र जडीबुटी क्षेत्रको प्रवद्र्धन केन्द्रको रुपमा अघि बढाउने लक्ष्यका साथ मेलाको आयोजना गरिएको हो । मेलामा उद्योग, व्यवसाय, पर्यटन, प्रविधि र कृषिजन्य तथा जडीबुटी उत्पादन बिक्री तथा प्रवद्र्धनका लागि राखिएको छ । साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थितीमा सांगितिक कार्यक्रमले मेलाको माहौलमा रमझम थपिदिएको छ ।