हाम्रो पालिका

मेलाको चौथो दिन करिव १५ हजार दर्शकले मेला अवलोकन गरे

By Dhadingnews.com

February 01, 2014

धादिङ-धादिङ सदरमुकाम धादिङबेसीमा जारी बृहत कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलामा दर्शक र कारोबारी बढ्दै गएको छ । मेलाको चौथो दिन करिव १५ हजार दर्शकले मेला अवलोकन गरेका छन् । मेलाको तीन दिनमा करिव २ करोड ५० लाखको कारोबार भएको छ ।

मेला आयोजक उद्योग वाणिज्य संघका धादिङका महासचिव लोकनाथ डल्लाकोटीका अनुसार स्टलहरूमा राखिएका सेवा तथा वस्तुबारे जानकारी लिने दर्शकको संख्या पनि उल्लेख्य रह्यो ।