मुख्य समाचार

जिल्लामा शाखा नभएका बैकहरुको चेक धादिङबाटै साट्न सकिने

By Dhadingnews.com

February 04, 2014

धादिङ–जिल्लामा शाखा नभएका कुनै बैकको एकाउण्टपेयी चेक पाउनु भएको छ भने तपाईले धादिङबाटै त्यस्ता चेक सजिलैसंग सटही गर्न पाउनु हुने भएको छ । जिल्लामा शाखा नभएका बैकहरुको चेक सटहीका लागि धादिङबेसीमा रहेको किष्ट बैक लिमिटेडले इलेक्ट्रिक चेक क्लियरिङ सिष्टम लागु गरेर सेवाग्राहीहरुलाई सुविधा दिन थालेको हो । बैकका धादिङबेसी शाखा प्रमुख राजेश ढकालका अनुसार इलेक्ट्रिक चेक क्लियरिङ सिष्टमवाट चेक सटही गर्न चाहने सेवाग्राहीको किष्ट बैकमा अनिवार्य खाता हुनु पर्नेछ । बिद्युत्तिय चेक राफसाप सेवा किष्ट बैंकबाट एकै दिनमा निःशूल्क उपलव्ध हुने पनि शाखा प्रमुख ढकालले वताउनु भयो । किष्ट बैंकमा खाता भए पछि जूनसूकै बैंकको चेक पनि सटही गर्न सकिने यो सेवाले जिल्लामा खातामा नभएका बैकका चेक सटहीका लागि सेवाग्राहीहरुले सम्वन्धित बैक सम्म धाउनुपर्ने समस्यावाट मुक्ति पाउने भएका छन ।