रोजगारी/समृद्धि

छाङ्गेश्वर महादेव मन्दिरमा संचालित मद्भागवत् सप्ताह ज्ञानमहाँयज्ञमा तीस लाख पचास हजार सकंलन

By Dhadingnews.com

February 14, 2014

सन्तोष अधिकारी गल्छी–जिल्लाको गोगनपानी गाविस वडा नम्बर १ गल्छीमा माघ २३ गते देखि संचालन भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहाँयज्ञमा फागुन २ गते सम्ममा करिव तीस लाख पचास हजार रुपैया संकलन गरिएको छ ।

महायज्ञमा वाचनबालतपस्वी पं.उत्तम भट्ट बाट कथा वाचन भएको थियो । आध्यामिक चिन्तनद्घारा सञ्चालित नेपालको ऐतिहासिक पर्यटन क्षेत्र श्री छाङ्गेश्वर महादेव मन्दिरमा धार्मिक कार्यको निम्ति मञ्च सहितको सत्सँग भवन तथा विष्णुपातिका निर्माणको लागि आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहाँयज्ञ सञ्चालन गरिएको आयोजक समितिका सदस्य आन्नद लामिछानेले बताउनु भएको छ । उक्त कार्यक्रमको उदघाटन माघ २३ गते श्री नं ६ बाहिनीपति प्रभुराम शर्माले गर्नुभएको थियो । महायज्ञमा बिनाबिभागिय मन्त्री डाक्टर रामशरण महतका साथै सभाषद तथा पुर्व मन्त्री राजेन्द्र प्र पाण्डे सभाषद गुरु बुर्लाकोटी ,दिल मान पाख्रीन तथा पर्व सासद रामनाथ अधिकारीको समेत उपस्थिती रहेको थियो । सबै भन्दा बढि दान गर्ने आयोजक समितिका संयोजक लक्ष्मण दास मर्हजनले एक लाख २१ हजार १ सय ५१ नेपाली काग्रेस बैरेनी बाट एक लाख पन्ध्र हजार ५ सय ५१ , नेकपा एमालेबाट एक लाख ११ हजार एक सय ११ र स्वर्गीय नन्दकुमारी ढकालको सम्झनामा छोराहरुबाट एक लाख ७ हजार र जय पन्चकन्या एग्रिगेटबाट एक लाख एक हजार एक सय ११ प्रदान गरेको आयोजकहरुले जानकारी दिएका छन ।