हाम्रो पालिका

वर्षाले किसानलाई बनायो खुशी

By Dhadingnews.com

February 16, 2014

धादिङ-लामो समय पछी परेको पानीले धादिङ जिल्लाका किसान हर्षित भएका छन । शुक्रबार बिहानैदेखि जिल्लाका सबै गाउँबस्तिमा पानी परेपछी किसानहरु आफ्नो कृषि उत्पादन वृद्धि हुने आसाले हर्षित भएका छन् ।

शुक्रबार बिहानैदेखि परेको अबिरल वर्षाका कारण कृषकहरुले लगाएको गहुँ, मकै र तरकारी एवम् फलफूल खेतीलाई फाइदा पुगेको छ ।

कृषि विज्ञहरुका अनुसार अरु महिनाको तुलनमा फागुनको सुरुमा परेको पानीले कृषकहरुले लगाएको हिउँदे तरकारी, आँप, कटहर, लिचीजस्त फलफूल तथा गहँु, मकैजस्ता अन्नबालीलाई निकै फाइदा पुग्नुका साथै उत्पादन समेत वृद्धि हुने र सुख्खा रहेको खेतबारिमा खनजोत गर्न पनि सजिलो हुने गर्दछ ।