रोजगारी/समृद्धि

पाल्नोस् धादिङ महोत्सवमा ,

By Dhadingnews.com

February 18, 2014

ताजा मलेखुका माछा , धुशाका रस — सुन्तला । जोगीमारे मधुपर्क , आदिबासी कला गला ।। तरकारी खानि टन्नै छन् , पिडालु आलु काउली । टारका मास टन्नै छन , रोजेको तिमी खाउली ।। १।।

यही फागुनको सत्रदेखी , पच्चीस सम्म नै । चल्छ उत्सवको चाड , पाल्नोस् गलौदिमा सबै ।। जल क्रीडा कला — लीला , खानाका परिकार छन् । हाम्रै उद्योगका वस्तु ,नौला नौला विचित्र छन् ।।

आमाले ममता गर्दै , निम्ता पत्र पठाउछिन् । पिडा घडा सजाएर , हामीलाई जुटाउछिन् ।। साँढे युध्द नयाँ शुध्द ,हास्य — गीत र दोहरी । चुड्का भजन जो हाम्रा , गुन्जने छ सधैं भरी ।।

२०७० ,११ , १७ देखी २५ फागुनसम्मको धादिङ महोत्सव ,