राष्ट्रिय समाचार

एमालेलाई गृह दिन प्रधानमन्त्री सकारात्मक, मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

By Dhadingnews.com

February 18, 2014

काठमाडौं, ६ फागुन  : प्रधानमन्त्री सुशील कोइरालाले तेस्रो वरियतामा रहने गरी गृह मन्त्रालय लिन नेकपा एमालेलाई प्रस्ताव गरेका छन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारका लागि एमालेलाई सर्तसहितको नयाँ प्रस्ताव गरेका कांग्रेसका एक नेताले बताए ।