मुख्य समाचार

प्रेस चौतारी धादिङले महासंघ अध्यक्ष पदमा छत्कुलीलाई अगाडी सार्यो

By Dhadingnews.com

February 26, 2014

धादिङ,- प्रेस चौतारी धादिङले नेपाल पत्रकार महासंघ धादिङको फागुन २१ गते हुने सातौं जिल्ला अधिवेशनको लागि अध्यक्ष पदमा नबराज छत्कुलीलाई अघी सारेको छ  ।

प्रेस चौतारी धादिङका अध्यक्ष रामेश्वोर कार्कीका अनुसार – नेपाल पत्रकार महासंघको अधिवेशन नजिकंदै गर्दा नेतृत्व चयन सम्बन्धि बहस र टीका टिप्पणी सुरु भएको छ । विशेषगरी सबै भन्दा धेरै सदस्य रहेको प्रेस चौतारीले कस्लाई अगाडी ल्याउँदैछ भनेर सबैको ध्यान केन्द्रित भएको छ । धादिङ जिल्लामा प्रेस चौतारी नेपाल धादिङले नेपाल पत्रकार महासंघ धादिङको अधिवेसनमा सबैसँग मिलेर नेतृत्व चयन प्रक्रियामा सहजीकरण गर्दछ। पत्रकारको व्यवसायीक विकास र केही उल्लेखनीय काम गरेर महासंघलाई गति दिन पनि यो पटक चौतारीले नेतृत्वको दावी गर्दछ । यो प्रक्रियामा अरु साथीहरु पनि जिम्मेवार ढंगले प्रस्तुत हुनु जरुरी छ। प्रेस चौतारी धादिङले पत्रकार महासंघको आगामी अधिवेशनमा सर्वसम्मत नेतृत्व दावी गर्दै अहिलेकै टीममा रहेका उपाध्यक्ष नवराज छत्कुलीलाई अगाडी सारेको अध्यक्ष कार्कीले धादिङन्युज लाई जानकारी दिएका छन । पत्रकार महासंघ धादिङको स्थापना भएको करिब २ दशक पुग्नै लाग्दा चौतारीले दोश्रो पटक अध्यक्ष पदमा उम्मेद्ववारी दिने औपचारिक निर्णय गरेको हो । अघिल्लो अधिबेसनमा तत्कालिन उपाध्यक्ष सिताराम अधिकारीलाई अध्यक्ष पदको उम्मेद्वार बनाउने निर्णय गरे पनि युनीयन र क्रान्तिकारी बिच सहकार्य भएर युनीयनका तर्फबाट सिताराम बर्मा चौथो पटक कार्यसमितीको अध्यक्षमा निर्वाचित भएका थिए । यसपटक अध्यक्षमा प्रस्ताबित उम्मेदवार छत्कुली महासंघको वर्तमान उपाध्यक्ष समेत हुन । उनी यस अघि पनि एक कार्यकाल कोशाध्यक्ष रहेर आफनो जिम्मेवारी प्रभाबकारी ढंगले निर्बाह गरिसकेका छन ।

प्रेस चौतारी धादिङका सल्लाहाकार एबम केन्द्रिय सद्स्य तथा बागमती अञ्चल इन्चार्ज केशव अधिकारीको संयोजकत्वमा गठित ३ सदस्सिय बार्ता तथा समन्वय कार्यदलले अन्य सहकर्मी संगठनहरु सँग आबस्यकतानुसार छलफल गरी सर्बसहमतीको आधारमा कार्यसमिती बनाउन पहल गर्ने प्रेस चौतारी धादिङले जनाएको छ । समितीको अन्य सदस्यहरुमा चौतारी धादिङका पूर्व अध्यक्ष सिताराम अधिकारी र बर्तमान अध्यक्ष रामेश्वोर कार्की रहेको बताईएको छ ।