प्रदेश

क्षेत्र नं ३ स्तरिय तेस्रो राष्टपति रनिङ शिल्ड प्रतियोगिता सुरु

By Dhadingnews.com

February 27, 2014

बैरेनी – क्षेत्र नं ३ स्तरिय  तेस्रो राष्टपति रनिङ शिल्ड प्रतियोगिता   बिहीवारबाट बैरेनी गाबिसको वडा नम्बर ७ मास्टार स्थित जनकल्याण मा विमा सुरु भएको छ । प्रतियोगिताको उदघाटन कार्यक्रम  धादिङका जिल्ला  शिक्षा अधिकारी दीपेन्द्र सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख कृष्णलाल श्रेष्ठ,जिल्ला शिक्षा कार्यालय बैरेनी श्रोत केन्द्रका श्रोत ब्यक्ती शेरबहादुर अधिकारीका साथै बिभिन्न विद्यालयका प्रधानाध्यापक लगायतको आतिथ्य रहेको थियो ।    क्षेत्र नम्बर ३ अन्तरगत पर्ने बिभिन्न १६ विद्यालयहरुको सहभागिता रहेको प्रतियोगिता शनिबार सम्म संचालन हुनेछ ।      प्रतियोगिताका केही   झलकहरु सहितको फोटो फिचर

तस्बिर सौजन्य : धादिङका  जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुबेदी तथा जिल्ला खेलकुद बिकास समिती धादिङ