हाम्रो पालिका

स्वदेशमै रमाउन पशुपतिको आग्रह

By Dhadingnews.com

March 03, 2014

धादिङ,१९ फागुन ः धादिङको गलौंदी स्थित त्रिशूली नदी किनारमा जारी रहेको राष्ट्रिय राफ्टिङ तथा धादिङ महोत्सवमा सोमवार गीत गाउँदै लोकगायक पशुपति शर्माले ‘गाउँमा भैंसी पालेर पनि लाखौं कमाउन सकिन्छ । जापान र कोरियाको सपना किन देख्नु ’भन्दै युवा पुस्तालाई स्वदेशमै रमाउन आग्रह गरेका छन ।

लोकगायक शर्माले पछिल्लो समय निकै चर्चा कमाएको आफनो गीत ‘चिन्ता छैन केही’ मार्फत धादिङका युवा पिंढीलाई यस्तो सन्देश दिएका हुन् । गित गाउनु अघि गायक शर्माले भनेका थिए–‘म सांगीतिक कार्यक्रममा थुप्रै देश पुगेको छु, विदेशमा नेपालीको दु ःख देखेर निकै चिन्ता लागेपछि तिनै नेपालीको भावना समेटर मलाई अमेरीका पनि यहि.. …वोलको गित रचना गरी गाएको वताएका थिए । विदेशमा गर्ने श्रम नेपालमा गर्ने हो भने लाखौं रकम कमाउन सकिने बोलको मलाई अमेरीका पनि यहि.. गीत गाउँदा दशर्कले पनि नाचेर साथ दिएका थिए । पाँच दर्जनभन्दा बढी लोकगीत गाइसकेका गायक शर्माले कार्यक्रममा आफ्ना झन्डै आधा दर्जनभन्दा बढी गीत गाएर दर्शकलाई नचाएका थिए । कार्यक्रममा उनले चिन्ता छैन केही, आई लभ यु भन्न सिकियो, रोधीमा म आउने थिइन, छोरी पाउने भाग्यमानी लगायतका चर्चित गीतबाट मनोरञ्जन प्रदान गरेका थिए ।