केशव अधिकारी
जिल्लामै व्यवसायिक रुपमा होम स्टे संचालन भईरहेको खाल्टे गाविसको पात्लेमा थिएँं, सदरमुकाम देखि टाढा नभएपनि नेपाल पत्रकार महासंघ जिल्ला शाखाको पहिलो बैठक पात्लेमा बस्ने र सोही अवसरमा जिल्लामा कृयाशिल पत्रकारहरुलाई पनि पात्लेको होमस्टे व्यवस्थापन समितिले आमन्त्रण गरेकाले चैत ३ गते सोमवार वेलुका हामी पनि पुगेका थियौं । विहान ५ नवज्दै मेरो मोवाईलमा घण्टी वज्यो,घरमा आमालाई निकै गाह्रो भयो, आमा थलिएको छ दिन भयो, उपचारका लागि अस्पताल लैजानु प¥यो,जहाँ भएपनि तुरुन्त घर आउनु प¥यो । घरमा रहेको भाईको भरतको छोरा ( मेरो भतिज) पनि निकै दिन देखि विरामी परेकाले उस्लाई पनि आजै काठमाण्डौं कान्ति अस्पताल लैजानु पर्ने भयो,घरमा दुई जना सिकिस्त विरामी,यति कुरा सुनिसकेपछि मेरो मन वेचैन भयो, तुरुन्तै आमाको साथमा रहेको मोवाईलमा घण्टी वजाएँ जवाफी आवाज आएन, लगातार ४ पटकको प्रयास पछि आमा संग कुराकानी भयो । पात्लेमा रहेका पत्रकार साथीहरु रामेश्वर कार्की र सुदिप कैनी एउटै कोठामा रहेकाले उहांहरुले मेरो वारेमा थाहा पाईसक्नु भएको थियो । साथीहरुले छिट्टै फर्कने कुरामा सहमती जनाईसक्नु भएको थियो । अर्को घरमा बस्नु भएका पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुली संग भेट भएपछि मैले आफ्नो समस्या अवगत गराएँ, पात्लेको कार्यक्रम सकेर सदरमुकाम फर्कने तयारी शुरु भयो,जतिनै हतार गर्दा पनि ८.३० वजे मात्र हामीले पात्ले छाड्यौं । पात्लेवाट सदरमुकाम आईपुग्दा ९.३० वजेको थियो , कोठामा आईपुग्ना साथ लुगामा लागेको धुलो पनि नपुछि म बैरेनी तर्फ लागें । धादिङबेसी छाडेको डेढ घण्टामा आमा संग मेरो भेट भयो,आमाको अवस्था निकै नाजुक थियो, छिमेकी भाई दिलवहादुर रम्तेल संग सहयोग मागेर मोटरसाईकलमा राखेर आमालाई बैरेनी हेल्थ पोष्ट पु¥याएं,हेल्थपोष्टका इन्चार्ज सुन्दरकुमार श्रेष्ठले चार घण्टा निकै मेहनतका साथ उपचार गरेपछि आमाको अवस्थामा सुधार आयो । केही दिन घरमै राखेर आराम गर्न सुन्दर सरले सल्लाह दिनु भयो । बेलुकी ५ वजेपछि बैरेनी गाविसका कर्मचारी कृष्ण अधिकारीसंग सहयोग मागेर मोटरसाईकलमा लिएर बेलुकी अवेर आमालाई घर पु¥याएं । घर पुग्नासाथ आंधीबेहेरी ओईरियो, केही ढिला गरेको भए, वाटोमा हामी थप समस्यामा पथ्र्यौ होला । घरमा लगेपछि आमाको स्वास्थ्य अवस्थामा विस्तारै सुधार आउन थालेपछि मलाई पनि केही सन्तोष हुन थाल्यो । राती कुनै समस्या नदेखिएपछि विहानै सदरमुकाम फर्कर्ने तयारीमा लागें,आफ्नो नाम मात्रको जागिरले जिवन निर्वाह हुन नसकेपछि श्रीमतीलाई पनि फिल्डको जागिर खुवाउनु परेको छ । अफिसमा बसेर जागिर खान नपाउने हामी जस्ता निम्न वर्गले अधिकांश समय फिल्डमै नविताए जागिर रहँदैन ,जागिर नरहे भोकै बस्नुको विकल्प हुंदैन,त्यसैले त घाम पानी, भोक तिर्खा, आंधी बेहेरी,उकाली ओराली केही नभनी हिंडनु परेको छ । घरवाट विहानै हिड्ने भएपछि एक डेढ घण्टामा सदरमुकाम स्थित कोठामा आईपुग्ने ठानेर विहान ६ वजे पृथ्वीराजमार्गको मा ओर्लिएर (बस ट्रक,ट्याङकर, डिव्वा) मोटर रोक्न हातको इशारा गर्न शुरु गरेको तीन घण्टा वित्दा पनि मोटर पाईएन । आंफु कोठामा आउन जति ढिला हुन्छ त्यतिनै समस्या बढ्दै जाने निश्चित छ । डेढ महिना देखि छोरा कुशल खुट्टा भांचिएर थला परेको छ । कोठामा एक्लै हुंदा दिशा पिसाव गर्न उस्लाई सकस हुन्छ । उस्को यो पिडालाई नजिकवाट जानेर पनि कम गर्न सकिन , एउटा ट्रकले फुर्केखोला सम्म ल्याईदियो,फुर्केखोलाबाट धादिङबेसी आउने मिनि माईक्रोबस क्षमता १४ जनाको भए पनि २२ जना यात्रु नहुंदा सम्म अघि बढ्ेन । बल्ल तल्ल विहान १० वजे पछि मात्र म कोठमा आईपुगें । यो बिचमा मेरो मनमा धेरै कुराहरु खेली रहे । यस पटकको मेरो ठम्याई के हो भने पत्रकारिता हुने खानेहरुले गर्ने पेशा हो, किन भने उनीहरुसंग जस्तो अवस्थामा पनि खर्चको अभाव हुंदैन, निम्न वर्गले यो पेशा गरेर उस्को दैनिकी चलाउन संधै धौ धौ मात्र हुने छ । आज मलाई किन किन विगत देखि अहिल सम्मको मेरो जिवनचर्या देखेर आंफैमा निराशा छाएको छ । आंफुले कयौं दिन सम्म सेवा दिन नसक्दा माफि नमाग्ने नेपाल टेलिकम ग्राहकले महसुल तिर्न एक दिन ढिला ग¥यो भने लाईन काट्न रोक्दैन, कोठामा भएको टेलिफोन लाईन महसुल तिर्न नसकेर काटिएको धेरै दिन भईसक्यो, आंफुसंग भएको मोवाईल एक तर्फि छ । साथमा मोवाइल भएर पनि कोठामा रहेको छोरालाई म आउंदै छु भनेर भन्न सकिन, छोराले पनि बाबा कहां हो भनेर सोध्न सकेन , कोठाबाट वाहिर निस्कन सक्थ्यो भने उस्ले कसैको सहयोग मागेर पनि मलाई सम्पर्क गथ्र्यो । धन्य छ मेरो छोरा,विहानै देखि कोठामा एक्लै वस्दा पनि, भोकले आलस तालस पार्दा पनि मलाई भेट्ना साथ उस्ले कुनै आक्रोश पोखेन बरु मलाई बाबा आमालाई सञ्चो भएको हो भनेर उस्ले सोध्दा मेरो मन भक्कानियो,आँखा रसायो । आठ बर्षे यो वालकले दुःख बुझेको छ । परिस्थिती बुझेको छ ।