शिक्षा/स्वास्थ्य

ग्ुाणस्तरीय शिक्षामा प्रभावपार्ने केहि क्रियाकलापहरु

By Dhadingnews.com

March 21, 2014

डिल्ली ज्ञवाली श्री बागेश्वरी उ.मा.बि.

शिक्षा ग्ुाणस्तरीय बनाउन बिभिन्न प्रक्रिया अपनाउनु पर्छ त्यसकालागि शिक्षक विद्यार्थी अभिभावकको आ.आफ्नो भूमिका त हुन्छ नै तर मेरो शिक्षण अनुभवमा केहि बर्ष यता शिक्षामा राजनिति प्रभावपरेका कारण अझ बढि पछाडि परेको देखिन्छ ।मैले मात्र केहि क्रियाकलाप लेख्ने प्रयास गरेको छु । १)जिल्लास्तरीय पेशागत सँगठनमा राजनिति हस्तक्षेप हुनु । २)पार्टीको राजनिति नगर्नेशिक्षकले जिल्लास्तरीय पेशागत सँगठनमा काम गर्ने अवसर नपाउनु । ३)पार्टीको झन्डा बोकेर विद्यालयमा डन्डा चलाउने शिक्षकको हावी हुनु । ४) लगनशिल शिक्षकलाइ सँबन्धित निकायले पेशागत सँगठनको दवावमा स्वतन्त्ररुपले सम्मान तथा पुरस्कृत गर्न नपाउनु । ५) पार्टीको झन्डा बोकेर नहिड्ने शिक्षकहरु सम्मान तथा पुरस्कृत हुन नपाउनु । ६) पार्टीको झन्डा बोकेरेैे शिक्षकहरु सम्मानित तथा पुरस्कृत भएकाले पढाइमा भन्दा राजनितिमा ध्यान दिनु । ७)कासमूलाइ पुरस्कारको आधार नबनाउनु । ८)राम्रा शिक्षकहरुको मनोबल घट्नु र विस्तारै शिक्षणको विकल्प खोज्नु । ९)पार्टीले हाम्रा भनेका शिक्षकहरुको मनोबल मात्र होइन फूर्ति बढ्नु ।अरु जागिर नपाउनु विद्यालयको जागिर पेवा ठान्नु । १०)विद्यालयमा राजनिति गराउने उद्देश्यले निजिश्रोतमा शिक्षकहरु नियूक्ति हुनु । ११) पार्टीका दबाब र बलमा निजिश्रोतका शिक्षकहरुले आफुलाइ शक्तिशाली साबित गर्न शिक्षकको नेता बन्नु । १२)पार्टीकै भागवन्डामा शिक्षकहरु सम्मानित तथा पुरस्कृत हुनु । १३) जिल्लास्तरीय पेशागत सँगठनले शिक्षाको गुणस्तरका बारे बहस नचलाउनु । १४)दरबन्दी मिलानकाक्रममा दरबन्दीका शिक्षक सार्न वाध्य हुनु तर निजिश्रोतका शिक्षकहरुुलाइ निकाल्न नसक्नु । १५)एउटापार्टी राम्रो अरु नराम्रो भन्न गाली गलौचका शब्द प्रयोग गर्नु । १६)राजनितिको र नबुझेपनि राजनितिको पुस्तकहरु नपढेपनि एकोहोरो पार्टीको प्रवक्ता जस्तो हुनु । आदि…..