कृषि/पशुपालन /सहकारी

रोराङ कृषि सहकारीको योजना तर्जुमा कार्यशाला

By Dhadingnews.com

March 22, 2014

चरौंदी–चेपाङ समुदायको मात्र सहभागीता रहेको रोराङ कृषि सहकारी संस्था लि.को संस्थागत पहिचान तथा योजना तर्जुमा सम्वन्धि कार्यशाला गोष्ठि सम्पन्न भएको छ । नेपाल चेपाङ संघ, रोराङ कृषि सहकारी संस्था लि.र शान्ति नेपालको संयुक्त आयोजनामा धुषा गाविसको चरौंदी स्थित सहकारीको कार्यालयमा दुई दिन सम्म संचालन गरिएको कार्यशालाले सहकारीको संस्थागत पहिचान गर्नुका साथै आगामी कार्ययोजना तयार पारिएको हो । शुक्रवार सम्पन्न भएको कार्यशालामा संस्थाका संचालक, शेयर सदस्य,जोगिमारा र धुषाका अगुवा चेपाङ प्रतिनिधिहरु समेत गरी २५ जनाको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष जितेन्द्र चेपाङको अध्यक्षतामा भएको कार्यशालामा शान्ति नेपालका  कृष्णमान शाक्य, निमित्त कार्यकारी निर्देशक उत्तमराज कर्णिकार,कार्यक्रम संयोजक दलजित घर्ति लगायतले सहजिकरण गर्नुभएको थियो । कार्यशालाले सस्थाको कार्यक्षेत्र बिस्तार गर्दै शेयर सदस्यहरु थप गर्ने निर्णय गरेको छ भने शान्ति नेपालले सहकारी सस्थाको लागि कार्यालय व्यवस्थान गर्न फर्निचर तथा प्रस्तावना लेखनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको सहकारी संस्थाका सचिव तिलक चेपाङले धादिङ न्युजलाई जानकारी दिनुभयो ।

“कृपया हाम्रो यस अनलाईनमा प्रकाशित कुनै पनि समाचार, लेख रचना वा अन्य कुनै सामाग्री फेसवुक, ट्विटर अथवा व्लग, वेबसाइटमा राख्नु परे हाम्रो श्रोत ( साभार धादिङन्युज डट कम ) अनिबार्य खुलाउनु होला । धन्यवाद “